सामुदायिक विद्यालयहरुमा योग अभ्यास कार्यक्रम शुरु

विराटनगर, पुस २६ गते । विराटनगर महानगरपालिका वडा नं. ८ मा रहेको सामुदायिक विद्यालयहरुमा योग अभ्यास कार्यक्रम बुधवार देखि शुरु गरिएको छ । योग अध्यास कार्यक्रम अन्तर्गत पहिलो चरणमा ज्ञान निकुञ्ज आधारभुत विद्यालयमा ५ दिने योग शिविर सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुलाई लक्षित गरि विद्यालयमा योग कार्यक्रम शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिदै […]

जीवन विकास लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला

विराटनगर, पुस २४ गते । रंगेली नगरपालिका–४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी हुन् । २०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४ दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई […]

जेष्ठ नागरिक सेवा समाजमा पुरानै समितिलाई निरन्तरता

विराटनगर, पुस २४ गते । प्रगती विनायक जेष्ठ नागरिक सेवा समाज विराटनगर–८ को चौंथो साधारण सभावाट पुरानै कार्य समिति समितिलाई निरन्तरता दिएका छन् । प्रगती विनायक टोलको गणेश मन्दिरको प्रांगणमा पुस २३ गते सोमवार भएको साधारण सभाले पुरानै कार्य समितिलाई निरन्तरता दिएको हो । चौथो साधारण सभाका प्रमुख अतिथी विराटनगर महानगरपालिका वडा नं. ८ का […]

काेशीकाे सभामुखमा राप्रपाका विष्ट निर्विराेध निर्वाचित

विराटनगर, पुस २४ गते । कोसी प्रदेशले मंगलबार नयाँ सभामुखकाे रुपमा राप्रपाका अमर बहादुर विष्टलाई प्राप्त गरेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएका थिए । त्यसयता करिब ६ महिना कोसी प्रदेशसभा सभामुखविहीन बन्यो । अन्ततः मुख्यमन्त्री केदार कार्कीको सार्थक पहल र प्रयासमा कोसी प्रदेशले नयाँ सभामुखकको जिम्मेवारीमा विष्टलाई प्राप्त गरेको […]

काेशी प्रदेशकाे मुख्य न्यायाधिवक्तामा काेइरालाले लिए सपथ

विराटनगर, पुस २२ गते । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश काेइरालाले पद तथा गाेपनियताकाे सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले काेइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण आइतबार प्रदेश प्रमुखकाे कार्यालयमा गराएका हुन् । मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश […]

रंगेली प्रीमियर लीग क्रिकेटको उपाधि आमगाछी ईगल्स टीमको पोल्टामा

सुरेन्द्र मण्डल आमगाछी, पुस २२ गते । रंगेली प्रीमियर लीग क्रिकेटको प्रतियोगितामा संसारी चाईलेन्जर्सलाई हराउँदै उपाधी आमगाछी ईगल्स टीमको पोल्टामा परेको छ । आमगाछी ईगल्सले पहिलो टस जिती विस ओभरको खेलमा संसारी चाईलेन्जर्सलाई १४० को टारजेट दिएको थियो । दोस्रो ब्याटींगमा खेल्दै संसारी चाईलेन्जरले १०६ रण पुरा गरी अल आउट हुँदा आमगाछी ईगल्स टीम प्रिमियर […]

प्रदेश सभामा सञ्चार विधेयक पेश गर्ने सरकारको तयारी

विराटनगर, पुस ११ गते  । कोशी प्रदेश सरकारले प्रदेश संचार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्रीशम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]