
विराटनगर, फागुन १ गते । राजवंशी समाज उत्थान केन्द्रीय समिति (विराट) को १७ औं बृहत भेला फागुन ६ गते सितलु दास राजवंशी गुठीमा हुने भएकाे छ । राजवंशी समाज उत्थान केन्द्रीय समिति (विराट) का केन्द्रीय सभापति भुनेश्वर मण्डल राजवंशीले नेपाल पत्रकार महासंघ माेरंगकाे सभा हलमा पत्रकार सम्मेलन गरि १७ आैं भेला सितलु दास राजवंशी गुठीमा […]
राजेश कुमार राजवंशी विराटनगर, माघ २७ गते । विराट राजवंशी समुदायले एक भेलाको आयोजना गरी जहदा गाउँपालिका ग्रामथान संरक्षण समिति गठन गरेको छ । प्राय तराई मधेशमा बसोवास गर्ने समुदायहरुको प्रत्येक टोलमा एउटा ग्रामथान हुने गर्दछ । ग्रामथानले टोल समाजको संरक्षण, किसानको बालिनालीको संरक्षण गर्ने देवताको रुपमा परापूर्वकाल देखि पूजापाठ गर्दै आएको छन् । हरेक […]
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । कोशी प्रदेश सरकार विस्तारसँगै ६ जना मन्त्रीले सपथ लिएका छन् । विस्तारीत मन्त्रीपरिषद्मा कांग्रेसका प्रदीप सनुवार मन्त्री स्वास्थ्य, माओवादीका राजेन्द्र कार्की मन्त्री सामाजिक, कांग्रेसका रामकुमार खत्री मन्त्री उद्योग, कृषि तथा सहकारी र माओवादीका नारायणबहादुर बुर्जामगर खानेपानी, सिंचाई तथा उर्जामन्त्रीमा मुख्यमन्त्री […]
विराटनगर, माघ २६ गते । काेशी प्रदेश सरकारले पहिचान पक्षधरसँगकाे वार्ता सकारात्मक रूपमा अघि बढाउन सफल सफल भएकाे छ । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशकाे पुन: नामकरणका लागि राजनीतिक वातावरण वनाउन संयुक्तरूपमा पहल गर्ने सहमति भएकाे छ । पहिचान पक्षधरले निषेधकाे आन्दाेलन फिर्ता लिएर शान्तिपूर्ण आन्दाेलन गर्ने, आन्दाेलनमा घाइते भएकाहरूकाे निःशुल्क उपचार, […]
विराटनगर, माघ २५ गते । कटहरी गाउँपालिकाका एक रिसिदेव परिवारका १० बर्षिया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ । विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरिरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओच्छ्यान मै बेहोस रहेकी १० बर्षिया दिपिका […]
धनकुटा, माघ २३ गते । धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि […]
विराटनगर, माघ २३ गते । कटहरी गाउँपालिका वडा नं. ३ बस्ने कल्पनाथ राजवंशीले मेरो छोरालाई तीन वर्ष अगाडी काम लगाई दिन्छु भनी लगेर वेपत्ता पर्ने व्यक्ति खुलेआम घुमिरहेको छ भने छोराको खोजी कार्यमा प्रहरी प्रसाशन समेत उदासीन देखिएको आरोप लगाएको छ । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी मेरो छोरा ३५ वर्षिय […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]