किड्नी बेचेर भएपनि गणेश गंगा मन्दिर बनाउने बाबा गिरीको अठोट

विराटनगर, असोज १५ गते । सुनसरीको बराहक्षेत्र नगरपालका वडा नं. १ को कोशी तटमा रहेको बराक्षक्षेत्र धामको परिसरमा निर्माणधिन अवस्थामा रहेको गणेश गंगा मन्दिर आफ्नो एउटा किड्नी बेचेर भएपनि निर्माण कार्य सम्पन्न गर्ने बाबा काशी गिरीले अठोट लिएको छ । ओखलढुंगा जिल्ला कुन्तादोर्वे गाउँपालका वडा नं. २ घर भएका गिरी २०२८ सालमा घर छाडी भारतको […]

लगानीकाे वातावरण सिर्जना गर्न माघमा लगानी सम्मेलन

विराटनगर, असाेज १४ गते । काेशी प्रदेशमा लगानीकाे वातावरण सृजना गर्न प्रदेश सरकारले पहिलो पटक आगामी माघ महिनाकाे ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएकाे छ । काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे । आईतबार काेशी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यसकाे अवधारणा पारितका थिए । नीजि क्षेत्रकाे […]

बाढी पहिरो र डुवान सम्बन्धमा काेशी प्रदेश प्रमुखलाई जानकारी

विराटनगर, असाेज १३ गते । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुवानका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराएका छन । वर्षाका कारण भएको विपद सम्बन्धी घटनाहरु र विपद ब्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलकद्मीका सन्दर्भमा र कोशी प्रदेश सरकार मन्त्रीपरिषद बाट सम्पादन भएका काम कारवाहीका सम्बन्धमा […]

अबिरल वर्षाले कोशी प्रदेशमा जनजीवन प्रभावित

भोजराज घिमिरे विराटनगर, असोज १२ गते । कोशी प्रदेशमा अबिरल परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको भारी वर्षाले बाढी, पहिरो र सडक अवरोध जस्ता समस्याहरू निम्त्याएको छ । प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । स्थानीय प्रशासनले उद्धार तथा राहत वितरणलाई तीव्रता दिएको प्रशासनले जनाएको छ । मौसम विभागले […]

कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण

बिराटनगर, असाेज १२ गते । केही दिन देखि परिरहेकाे अबिरल बर्षाका कारण कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवानमा परेका क्षेत्रको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरीक्षण गरेका छन । मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी भएकाे टाेलीले बराह क्षेत्र नगरपालिका-६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका […]

विश्व पर्यटन दिवसको अवसरमा कोशी प्रदेश भ्रमण वर्ष घोषणा

विराटनगर, असाेज ११ गते । विश्व पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरिएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममाबीच केशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरेकाे हाे । १६ लाख पर्यटक भित्र्याउने योजनासहित ‘रमणीय कोशी’ भन्ने नाराका साथ भ्रमण वर्ष घोषणा गर्दै मुख्यमन्त्री कार्कीले […]

भन्सार छली गरी ल्याउदै गरेको सनपाट र कस्मेटीक सामान वरामद

विराटनगर, असोज १० गते । भारतीय बजारबाट राजश्व छली गरी अबैद्ध रुपमा ल्याउँदै गरेका सनपाट र कस्मेटीक समानहरु प्रहरीले प्रहरीले बरामद गरेका छन् । मोरङको सुनवर्सी नगरपालिका–५ स्थितमा भन्सार छली अवैधरुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सामानहरु प्रहरीले बरामद गरेको हो । असोज ९ गते इलाका प्रहरी कार्यलय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]