थप ६ को मृत्युसंगै कोरोना संक्रमणबाट १ सय ३० को मृत्यु

विराटनगर, भाद्र ४ गते । नेपालमा कोरोना आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएसंग मृतकको संख्या १ सय ३० पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण आज ६ जनाको मृत्यु भएको छ । मृत्य हुनेहरुमा सप्तरी, पर्सा, बारा, चितवन, काठमाडौं र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको हो । सप्तरीका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि […]

कोभिड–१९ राहत कोषमा चौधरीको सहयोग

चन्दन रौनियार दुहवी, भाद्र ४ गते । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थादुहबीले नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रकम सहयोपग उपलब्ध गराएको छ । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १३ लाख ८५ हजार ४ सय ६५ रुपैंयाको चेक हस्तान्तरण गरेकी छन् ।

प्रदेश नं १ मा थप १ सय २३ जनामा कोरोना संक्रमण पुष्टी

विराटनगर, भाद्र ३ गते । प्रदेश नं. १ मा गत २४ घण्टा भित्र १ सय २३ जना कोरोना संक्रमित थप भएसंगै कुल संक्रमितको संख्या २ हजार ३ सय ३२ पुगेको छ । आज थपिएको कोरोना संक्रमित मध्ये ३३ जना महिला र ९० जना पुरुष रहेका छन् । जसमध्ये मोरंगमा २७ जना महिला र ४० जना […]

एक सय बत्तीस नम्बरमा ‘नेकपा एमाले’

बिराटनगर, श्रावण ३ गते । निर्वाचन आयोगको दर्ता नं. १३२ मा नेकपा एमाले पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । सो पार्टी दर्ताका लागि असार १२ गते निर्वाचन आयोगमा आवेदन दर्ता गराएको थियो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]

कार्यालय प्रमुख बस्तेतलाई कोरोना संक्रमण पुष्टी

विराटनगर, भाद्र २ गते । प्रदेश नं. १ को जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञान बहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टी भएको छ । मोरंग जिल्लामा कोरोना संक्रमितहरुको व्यवस्थापनमा खटिएका प्रमुख बस्नेतमा कोरोना संक्रमण देखिएको छ । कोभिड १९ उपचार केन्द्र विराटनगरको व्यवस्थापन हेर्दै आएका थिए । सोही कार्यालयका एक कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ […]

ईष्टन सुकगर मिलमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी, भाद्र २ गते । सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं. ५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । उक्त मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ […]

प्रदेश नं. १ मा आज १ सय ३ कोरोना संक्रमित थप

विराटनगर, भाद्र १ गते । प्रदेश नं. १ मा आज १ सय ३ कोरोना संक्रमितसंगै कुल संख्या २ हजार ७८ पुगेको छ । आज संक्रमित मध्ये पुरुष ६९ र महिला ३४ रहेको छ । त्यसै मध्ये सबभन्दा वढी मोरंग जिल्लामा मात्रै ९२ जना संक्रमित थपिएको छ । त्यसै गरी विराटनगरमा ३२ महिला र ६० पुरुषमा […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]