छतबाट लड्दा नाबालकको मृत्यु

ओखलढुंगा, कात्तिक ५ गते । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नं.७ हर्कपुर बस्ने प्रदिप कार्कीको दुई बर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको छ । विहान करीब ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका थिए । वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको […]

यस वर्षको बडादशैँ सुरू, आज घटस्थापना

काठमाडौँ- यस वर्षको बडादशैँ सुरू भएको छ ।बडादशैँको पहिलो दिन आज घटस्थापना गरिदैछ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज […]

साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कारबाट प्रहरी जवान खत्री पुरस्कृत

बिराटनगर, असोज ३० गते । एक लाख धनराशीको सातौ ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ । प्रदेश नं. १ भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई ६५ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । […]

चोरी भएको र हराएको मोबाईल सम्वन्धीत धनीकै हातमा

विराटनगर, असोज २९ गते । विभिन्न व्यक्तिहरुको चोरी भएको र हराएको मोबाईलहरु खोजतलास गरी सम्बन्धीत धनीलाई नै बुझाउने काम भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा विभिन्न ब्यक्तिहरूको विभिन्न समयमा हराएको तथा चोरी भएको मोवायल खोजतलासको क्रममा फेला पारीएको ५१ वटा मोवयलहरु फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाएको प्रहरीले जनाएको छ । यस भन्दा अघि […]

नोबेलद्धारा गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था

बिराटनगर, असोज २६ गते । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउँनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो । अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी […]

संघीय राजधानी सबैभन्दा जोखिमपूर्ण

उपेन्द्र अर्याल काठमाडौं असोज २६ गते : नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला ‘रेड जोन’मा छन्। काठमाडौंमा सबैभन्दा बढी संक्रमित छन् । दुई सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ। महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर […]

सस्तो मुल्यमा राम्रो ‘न्यू रेडी गो’ कार बजारमा

विराटनगर, असोज २५ गते । कोरोनाको महामारीको वीचमा सस्तो मुल्यमा राम्रो ‘न्यू रेडी गो कार’ विराटनगरमा लन्च भएको छ । विराटनगरको बरगाछीस्थित पायोनियर मोटोकर्प प्रालिले एक कार्यक्रम आयोजना गरि १.० लिटर नयाँ कार सार्वजनिक गरेको छ । जापानीज इन्जिन भएको सो कार ग्राहकहरुले बढी पावर र आरमदायी अनुभुति गर्छ । मुख्यतया ः रेडी गो कारमा […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]