चोरीको मोबाईल खरीदको लागि नक्कली नोटको प्रयोग

बारा, असोज ७ गते । सिमरौनगढ नगरपालिका वडा नं. ९ बसवरियामा चोरीको मोबाईल खरीद विक्रीमा नक्कली नोटको प्रयोग भएको खुल्न आएको छ । विशेष सूचनाका आधरामा खटिएको प्रहरी टोलीले सोही स्थानमा पुगी चेकजाँच गर्दा बारागढी गाउँपालिका वडा नं. ५ सिघासनीको बलिराम चौधरीले प्रयोग गरेको बा ६४ प ९७०६ नं. को मोटर साईकलमा सवार भारत विहार […]

पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

गजुरी, असोज ७ गते । धादिङको गुजुरी गाउँपालिका वडा नं ५ गलौदीमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पहिरोमा च्यापिएको छ । पहिरो जाँदा दुई वटा गाडी पहिरोमा च्यापिएको ट्राफिक प्रहरी प्रमुख एवम् […]

करीब एक लाख मूल्य बराबरको सेतो मटर बरामद

सुनसरी, असोज ६ गते । सुनसरीको देवानगंज वडा नंं. ६ स्थित भारत तर्फ लैजादै गरेको करीब १ लाख बराबरको सेतो मटर प्रहरीले बरामद गरेको छ । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले सोमवार देवानगंज स्थित सिमा एरियाबाट ८० बोरा सेता मटर को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको […]

नेपाल टलिकमको तार चोरी गर्ने प्रहरीका फन्दामा

विराटनगर, असोज ६ गते । नेपाल टेलिकमको तार चोरी गर्ने चार जना लाई प्रहरीले पक्राउ गरको छ । विराटनगर महानगरपालिका वडा नं.४ स्थित जामुनगाछीबाट चारै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगर पालिका वडा नं. ६ को विजय सहनी, राज सहनी, रविन सहनी र सुमित सहनी रहेका छन । असोज १ गते […]

पतिले पेट चिरिदिएकी गर्भवती महिलाले जन्माइन् मृत शिशु

काठमाडौं, असोज ६ गते । भारतमा पतिले धारिलो हतियारले पेट चिरिदिएकी एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ । ती महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ । ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको उनीहरूले बताएका छन् । पक्राउ […]

अदालतबाट सजाय पाएर फरार सूचीमा रहेका अपराधीहरु पक्राउ

दमौली, असोज ५ गते । अदालतबाट सजाय पाएका तर सजय भुत्तान नगरी फरार रहेका विभिन्न मुद्दाका अपराधीक व्यक्तिहरुलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयन नभएका विभिन्न मुद्दाका २५ व्यक्तिलाई तनहुँ प्रहरीले पक्रेको छ । आइतबार पक्राउ परेका जरिवाना तथा कैद सजाय फैसला भएका व्यक्तिहरु रहेको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताए । […]

लागुऔषध सहित २ जना पक्राउ

झापा,असोज ४ गते । झापाको गौरदह वडा नं. ९ बैगुनधुरा स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह वडा नं. ३ को राजेश महतो र सोही स्थानका प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई रातीे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरुमाथी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]