सुनसरी, असोज २० गते । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ७ वर्छवा चोक स्थितबाट दुई जना प्रतिबन्धीत लागुऔषध सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनसरी हरिनगर गाउँपालिका वडा नं. ७ कविलासा घुस्कीको उपेन्द्र सरदार र सोही स्थानको हरिशंकर सरदार रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।
ज ८ प ५९३६ नम्बरको मोटरसाईकलमा आएका दुबै जनालाई चेकजाँच गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको डाइलेक्स डीसी ८९ बोतल, एसपामो प्रोक्सीभोन ७ सय ६८ क्याप्सुल र नेटराभेट ४ सय २० ट्याब्लेट लागुऔषध बरामद भएको छ ।
लागुऔषध सहित प्रकाउ परेका उपेन्द्र र हरिशंकर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]