विराटनगर, असोज १९ गते । विराटनगर विमान स्थाललाई अन्तराष्ट्रि विमान स्थलको बनाउन तीन तहको सरकार बीच हस्ताक्षर भएको छ ।
प्रदेश नं. १ को राजधानी विराटनगरमा भव्य कार्यक्रमको आयोजना गरी संघिय सरकार अन्तर्गतको नागरिक उड्यान प्राधिकरण, प्रदेश नं. १ सरकार र विराटनगर महानगर पालिकाको बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा विराटनगरमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । पत्रमा समझदारीपत्रमा प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघराज काफ्ले, विराटनगर महानगरपालिकाका तर्फबाट महानगरका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेल र नागरिक उडड्यन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।
विमानस्थलको डिजाइन, डीपीआरसहितका कार्ययोजना लगायत आवश्यक कामसमेत प्राधिकरणले गर्नेछ । विमानस्थल निर्माणको अन्य कामको लागि पनि यथासक्य लागत साझेदारीको पहल गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकासको लागि तीन तहको सरकारबीच लागत साझेदारीको अवधारणमा अगाढि बढ्न खोजेको उहाँको भनाइ थियो ।
सो अवसरका प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले भने विराटनगरमा बन्ने अन्तराष्ट्रिय विवान स्थल बन्न प्रदेशकै गौरवपूण इतिहास भएको वताए । अन्तराष्ट्रिय विमान स्थलवाट प्रदेशको मात्रै नभएर देशकै विकासमा टेवा पुग्ने उहांले दावी गरे ।
समझदारीपत्रमा १५०० मिटर लम्बाईको विमानस्थलको धावनमार्ग विस्तार गरी ३००० मिटरको बनाउने समझदारीपत्रमा उल्लेख छ । त्यसको लागि संघीय सरकारले खासगरी जग्गाको मुआब्जाको लागि ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत बेहोर्ने समझदारी भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]