विराटनगर, असोज १९ गते । धनपालथान गाउंपालिकामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाई आमनागरिकसम्म पहँुच पु¥याउने उदेश्यले वार्षिक योजना तथा योजना तर्जुमा गोष्ठी शुरु भएको छ ।
दुई दिन सम्म चल्ने सो गोष्टीको उद्घाटन गर्दै धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले भने ‘स्वास्थ्य सेवा जस्तो सम्वेदन शील पेशामा लाग्नु भएकोले त्यसलाई कसरी प्रभावकारी वनाउने तपाई स्वास्थ्य सेवा प्रमुखहरुको काम हो । त्यसको लागि के गर्नुपर्छ वडा अध्यक्षसंग छलफल गरेर आउनुहोस बजेट व्यवस्थपन गर्न गाउँपालिका तयार छ’ । भन्दै वडाहरुको स्वास्थ्य चौकीहरुको केही गुनासोहरु पनि आउने गरेको छ त्यसलाई सच्याउन निर्देशन समेत दिनु भयो ।
सो दुई दिने गोष्ठीमा सातवटै वडाका वडा अध्यक्षहरु र स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थितिमा प्रत्येक वडाका स्वास्थ्य चौकी प्रमुखहरुद्धाराले वडाको स्वास्थ्य स्थितिवारे कार्यविवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
ध्नपालथान गाउँपालिकाको कुल जनसंख्या ४४ हजार ७ सय २० रहेको छ । ७ वटा वडा मध्ये ६ वटा वडामा स्वास्थ्य चौकी रहेको छ भने १ वडा वडामा आधारभूत स्वास्थ्य चौकी रहेको छ । २ वडा वर्थिङ्ग सेन्टर २७ वटा खोप क्लिनिक, डट्स सेन्टर ७ वटा रहेको छ ।
निकट भविष्यमा ५ वेडको कोभिड अस्पताल संचालन गर्ने भएको छ । कोभिड–१९ को महामारीले २०७६ चैत्र ११ गतेको लकडाउन को वेला भारतसंग सिमाना जोडिएका वडा नं. १, २ र ३ स्थिति नेपाल भारतको सिमानामा हेल्प डेक्स, फिवर जांच क्लिनिक समेत संचालन गरिएको धनपालथान गाउंपालिकाका स्वास्थ्य प्रमुख ऋषिकेष राज सेठले जानकारी दिदै दुई दिनको छलफल पछि नयां योजना पनि तर्जुमा गर्ने वताए । सो गोष्ठी भोली सम्म चल्ने छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]