पथरी, असोज १७ गते । प्रदेश नं. १ मोरंग जिल्लाको पथरी नगरपालिका स्थित रहेको पथरी नगर अस्पतालका स्वास्थ्य कर्मी सहित ९ जनामा कोरोना संक्रमिण पुष्टी भएपछि अस्पतालका सम्पूर्ण सेवाहरु वन्द गरिएको छ ।
नगर अस्पताल पथरीले शुक्रवार नै सूचना जारी गरी अस्पतालवाट प्रवाह गर्ने सम्पुर्ण सेवा अनिश्चितकालका लागि वन्द भएको छ । जनस्वास्थ्य निरीक्षक आचार्य सहित नगर अस्पतालका स्वास्थ्यकर्मी, नगरका कर्मचारी र जनप्रतिनिधिमा पनि कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुको (कन्ट्याक ट्रेसिङका) आधारमा पिसिआर जाँच गरी रिपोर्ट नआएसम्म अस्पतालको सेवा बन्द गरिएको हो । पिसिआर रिपोर्ट नआएसम्म बिरामीहरुमा पनि थप जोखिम हुनसक्ने कुरालाई मध्यनजर गरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा राख्ने निर्णय भएको अस्पताल ब्याबस्थापन समितिका अध्यक्ष यामप्रसाद गुरागाईले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]