झापा, असोज १६ गते । झापा कचनकवल गाउँपालिका वडा नं. १ बगान एरिया र गौरीगंज गाँउपालिका वडा नंं २ दासचौरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन ।
बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन । विहीवार विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आलमलाई प्लाष्टिकमा लुकाइ छिपाई राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
त्यसै गरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंहमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम रहेका छन । उनीहरुलाई दासचौरी स्थितमा खटिएको प्रहरी टोलीले विहीवार राती ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका तिनै जना भारतिय नागरिक उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]