सुनसरी, असोज १५ गते । सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ भण्टाबारी स्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई उद्धार गरिएको छ ।
भण्टाबारी स्थित सिमामा खटिएको प्रहरी टोलीले बुधवारका दिन किशोरीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै दुई किशोरीलाई विभीन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गर्ने दुई जनालाई समेत पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सप्तरी कृष्णसवरन गाँउपालिका वडा नं. ४ बनौलीका २९ बर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका वडा नं. १९ कटाहका २९ बर्षीय जिवछकुमार साह रहेका छन ।
पक्राउ परेका उनिहरुले नजिकैको भारतीय बजार भीमनगर स्थित मन्दिरमा पुजाका लागि भनेर आफूहरुलाई लगेको किशोरीहरुले बताएका छन । पुजारीसँग पुजामा वस्नु पर्ने, पुजामा वसे वापत पारिश्रमिक पाउने, आफ्नो केही विमार भएमा ठिक हुने तथा पुजा समाप्त हुना साथ केहि रकम समेत दिलाइ घर फर्काई दिने प्रलोभन दिएका थिए ।
प्रलोभन देखाएर भारत तर्फ लगेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उपर मानव बेचविखन तथा ओसार–पसार (नियन्त्रण) ऐन २०६४ अनुसार कार्बाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]