विराटनगर, असोज ११ गते । विराटनगर महानगरपालिका वडा नं. १२ बाट ४५ लिटर घरेलु मदिरा सहित ३ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नं. १२ स्थित विभिन्न मानिसहरूको घरबाट तयार पारेको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ५ हजार लिटर तथा मदिरा बनाउन प्रयोग गरिने विभिन्न भाँडा वर्तन नियन्त्रणमा लिएको छ ।
त्यसैगरी जिल्ला मोरङ विराटनगर १२ बस्ने बर्ष ३० की शान्ता आले, बर्ष ४२ को कृष्ण तामाङ र बर्ष ३० की लक्ष्मी राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]