विराटनगर, असोज ११ गते । नेपाल कारखाना श्रमिक संघ इकाईकार्य समति अन्नपुर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिज दुहवी सुनसरीका मजदुरहरुले पत्रकार सम्मेलन गरी आफुहरुले पाउने तबल, उपदान रकम माग गरेका छन् ।
नेपाल कारखाना श्रमिक संघ इकाईकार्य समति अन्नपुर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिज दुहवी सुनसरीका अध्यक्ष गुलावचन खांले भने सो उद्योगमा करीब २ सय स्थायी कर्मचारी रहेकोमा २०६१ सालमा उद्योग व्यवस्थापक सुवोध अग्रवाल समेत ४ जना दाजु भईलाई बैक ठगी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको लागि करागार चलान गरे देखि तलव सुविधा आज सम्म भुक्तानी नपाएको गुनासो गरे ।
मजदुरहरुले आफ्नो तलव सुविधा पाउनका लागि श्रम ऐन २०४८ श्रमनियामावली २०५० बमोजिमको कानुनी प्रक्रिया पुरा गरेपनि हरहिसाब पाउनवाट वंचित रहेको भन्दै तलव सुविधाहरु उपलब्ध गराई दिन आग्रह गरेका थिए ।
मगन्तु राम अग्रवाल ग्रुपको सम्पुर्ण धितो राखेको जायजेथा राष्ट्रिय बाणिज्य बैक मार्फत लिलाम विक्री हुने भएको थाहा पाएर मजदुरहरुको सेवा सुविधा सोही जाय जथावाट हुनुपर्ने माग गरेको छ ।
अन्पुर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिज र नारायण भेजिटेवल इन्डष्ट्रिज प्रा.लि.मा कार्यरत करीब २ सय मजदुरहरुको करीब ४ करोड भुक्तानी लिन वांकी छ । सो उद्योगहरु २०४३ सालमा स्थापना भएका थिए ।
मगन्तु राम अग्रवालका ५ छोराहरु सुवोध कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, दामोदर अग्रवाल किसन कुमार अग्रवाल र नारायण अग्रवाल मध्ये नेपालमा सुवोध कुमार अग्रवाल मात्र रहेको अन्य सवै भारत गई सकेको छ ।
राष्ट्रिय वाणिज्य बैकवाट करीब ८७ करोड ऋण लिएको थियो । सोको व्याज हर्जना समेत मगन्तु राम अग्रवालले बैकमा राखेको सम्पतिलाई लिलाल गरी असुल उपर गरीने परिक्रिया बैकले बढाई सकेको छ । त्यसैले मजदुरहरुले पनि मगन्तु राम अग्रवालकै सम्पतिवाट सम्पुण तलव सुविधाहरु पाउनु पर्ने माग गर्दै पत्रकार सम्मेल गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]