विराटनगर, असोज ९ गते । समाज सेवा गर्ने सबैको आ–आफ्नै तरीका हुन्छ त्यस मध्ये अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय सदस्य दिपेन्द्र मेहताले कोरोना संक्रमितको घर–घरमा गई सेनिटाईज गर्दै समाज सेवामा जुटेको छ ।
कोरोना संक्रमणले नेपालमा हाल सम्म ६९ हजार ३ सय १ जना संक्रमित भएको छ भने विराटनगरमा १५ सय ७७ जना संक्रमित पुगेको छ । कोरोना संक्रमितलाई विभिन्न किसिमका संघ संस्थाहरुले सहयोगर्दै आएको छ । त्यही सहयोगको भावनालाई हेरेर केहि कोराना संक्रमितको लागि गरौ भन्ने सोच आएपछि हाम्रो टिमले कोरोना सक्रमितको घरलाई सेनिटाइज गर्ने लक्ष्य लिएको मेहताका भनाई छ ।
मेहताले शरिरमा सटपेन्ट चिटर लगाएर हातमा पंजा, मुखमा मास्क, आँखामा चश्मा लगाएर हातमा सेनिटाईज गर्ने मेशिन लिएर कोराना संक्रमितका घर–घरमा पुगेर घरलाई सेनिटाईज गर्ने गरिन्छ ।
सो सेनिटाईज गर्नको लागि स्टार इट्टा उद्योग प्रालिका दिपक ढकाल लगायत आधा दर्जन साथीहरुको सहयोगले ४५ दिन लगाए ५ सय घरमा सेनिटाईज गरिसेको मेहताले वताए । त्यस वाहेक पनि समाजिक संस्थाहरु नेपाल पत्रकार महासंघ, मकालु टेलिभिज लगायत दर्जनौ संस्थाहरुमा समेत सेनिटाईज गरि सकेको छ ।
विराटनगर महानगरपालिका सवै सक्रमितहरुको घरलाई सेनिटाईज गर्ने अभियान रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]