विराटनगर, असोज ८ गते । सुनसरी जिल्लाको पहिलो पत्रकारलाई कोरोना (कोभिड–१९) विमाको चेक हस्तान्तरण भएको छ ।
कोभिड–१९ कोरोनाकोे बढ्दो संक्रमणको समाचार अग्रपंक्तिमा रही समाचार संकलन गर्ने क्रममा सुनसरीको दुहवी नगरपालिका पत्रकार चन्दन रौनियारलाई विमा कम्पनीले एक लाखका चेक हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमित भएको ३१ दिन पूरा भएको छ । रौनियारलाई भदौ ७ गते पिसिआर चेक गराउँदा ९ गते पोजेटिभ रिपोर्ट आएको थियोे ।
मोरङको सुन्दरहरेचा ८ स्थितरहेको क्वारेन्टाइन आसुलेसन ११ दिनको आसुलेसनको बसाई पश्चात कोरोना मुक्त भएर गृह जिल्ला सुनसरीको दुहबी फर्केको थियो ।
प्रेस युनियन सुनसरीबाट २६० जना क्रियाशील पत्रकारहरुको अहिले सम्म आइएमई जरनल इन्स्योरेन्स लिमेटेड मार्फत विमा गराएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]