काठमाण्डौ, असोज ५ गते । विश्वको सवभन्दा अगलो सगरमाथा विनाअक्सिजन १० औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा (हिमचितुवा)को निधन भएको छ ।
सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ’हिमचितुवा’को निधन आफ्नै निवास काठमाण्डौको जोरपाटीमा निधन भएको हो । शर्पाको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ ।
सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको हो । शेर्पाको पार्थिव शरिरलाई बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।
हिमचितुवाले सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]