विराटनगर, भाद्र ३१ ग्ते । प्राय कोरोनाको लक्षण देखिएका शंकास्पद सबैको कोरोना परिक्षण गर्दै आएको नेपाल सरकारले अगामी दिनमा शंकास्पद मृत्यु भएको कोभिड–१९ परिक्षण नगर्ने निर्णय गरेको छ ।
सो निर्णण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेण्ट कमाण्ड सिस्टमले गरेको छ ।
नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भनेका छन्, ‘शंकास्पद मृत्युको सन्दर्भमा शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउने, नजिकको सम्पर्कमा आएका सबै अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्ने, तर शंकास्पद मृत्यु भएको व्यक्तिको कोभिड–१९ परीक्षण नगर्ने नगराउने ।’
विरामीको आफन्तले अनावश्यक झमेला व्यहोर्नु परेकाले सो निर्णय गरेको मन्त्रालयको तर्क छ । मन्त्रालयको इन्सिडेण्ट कमाण्ड चिफ डा. गुणराज लोहनी भन्छन्, ‘व्यवहारिक झन्झट हटाउन यो निर्णय गरिएको हो ।’
स्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणको वास्तविक तथ्यांकलाई लुकाउन यस्तो निर्णय आएको आरोप लगाएका छन् । ‘शव व्यवस्थापनसम्बन्धी प्रोटोकलले मानिसलाई धेरै त्रास फैलाएको छ, बरु त्यो परिवर्तन गर्न जरुरी छ ।’
स्वास्थ्य मन्त्रालयका इन्सिडेण्ट कमाण्ड सिस्टम प्रमुख डा. लोहनीले भने मृत्युको तथ्यांक लुकाउन नखोजिएको दाबी गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]