विराटनगर, बैशाख १० गते । शिक्षकहरुको आन्दोलन चलि रहेकै अवस्थामा निःशुल्क र समान शिक्षाको लागि अखिल नेपा राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले १२ बुद्धे माग सहित ४ बुद्धे कार्यक्रम घोषण गरेका छन् ।
अखिल नेपा राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को कोशी प्रदेश संयोजक निशान कटुवालले पत्रकार सम्मेलन गरी १२ बुद्धे माग सहित ४ बुद्धे कार्यक्रम घोषण गरेको हो ।
संविधानसभाबट संविधान जारी भएको एक दशकसम्म पनि शिक्षा ऐन जारी हुन नसकेर देशको शिक्षा प्रणाली २०२८ सालमा लागू भएको ५४ वर्ष पुरानो शिक्षा ऐनबाट चलिरहनु आफैमा निकै दुःखको विषय भएको कट्वालले वताए ।
अखिल नेपा राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को मागहरु नेपालको संविधान भाग ३ धारा ३१ बमोजिम माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्ने गरि शिक्षा ऐन जारी गरियोस, नेपालको शिक्षा क्षेत्रमा रहेको विदेशी हस्तक्षेप जसले नेपालको शिक्षालाई नवउदारवादी, नवऔपनिवेशिक शिक्षा बनाएको छ । नेपालको यो नवऔपनिवेशिक र नवउदारवादी शिक्षाको अन्त्य गरि शिक्षालाई स्वाधिन बनाउने शिक्षा ऐन जारी गरियोस, विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गरि विश्वविद्यालयको कुलपति विश्वविद्यालय सभाबाट नियुक्ति गरियोस, प्राविधिक शिक्षाको विकास र विस्तारका लागि सिटिभिटिलाई बहुप्राविधिक विश्वविद्यालयको रुपमा विकास गरियोस, नेपाली शिक्षामा हस्तक्षेप गर्ने, राष्ट्रियतामा दखल पुरÞ्याउने विदेशी बोर्डका सम्पूर्ण विद्यालयहरु खारेज गरियोस । साथै विदेशी विश्वविद्यालयबाट सम्बन्धन क्याम्पसहरूलाई नियमन गरि विश्वस्तरमा ५०० श्रेणी भन्दा तलको सम्बन्धन खारेज गरि उक्त क्याम्पसहरु नेपाली विश्वविद्यालयको सम्बन्धन दिएर संचालन गरियोस, आर्थिक वर्ष ०८२÷०८३ देखि शिक्षामा २० प्रतिशत बजेटको व्यवस्था गरियोस भन्ने माग रहेको छ ।
त्यसैगरी आन्दोलनरत क्षिक्षकहरूका जायज सामपुरा गरि विद्यालयको भर्ना, पठनपाठन सुचारु गर्ने वातावरण निर्माण गर्न माग, त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जमिन छनविन समितीको प्रतिवेदन सार्वजनिक गरि सो जमिन फिता ल्याउन माग, साथै देशैभरिका शैक्षिक संस्थाहरूका अतिक्रमण गरिएका जम्मा जमिन फिर्ता ल्याउन माग, नेपालको सम्पूर्ण शिक्षा क्षेत्रमा नेपाली भाषामा पठानपाठन हुने व्यवस्था गरियोस । सफलतालाई अङ्ग्रेजी भाषामा मापन गर्ने प्रणालीको अन्त्य गरि अङ्ग्रेजी भाषलाई माध्यमम भाषाका रूपमा लागू गरियोस, स्नातक गरिसकेपछी मात्रै एनओसी दिने व्यवस्था गर्न जोडदार माग गर्दछौं, उच्चमाध्यमिक, स्नातक स्नातकोत्तर गरिसकेका विद्यार्थीहरूलाई निस्चित अबधिका लागि गाउँमा अनिवार्य श्रम (अध्यापन) गराउने व्यावस्था अनिवार्य गर्न माग गर्दछौं, त्रिभुवन विश्वविद्यालयलाई विश्वको शिर्ष १० मा ल्याउनका लागि आवश्यक सम्पुर्ण व्यवस्थापन गर्न जोडदार मागहरु राखेका छन् ।
त्यसैगरी जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञायापन पत्र बुझाई सकेको छ भने ११ गते शौक्षिक संस्थाहरुमा व्यानर प्रदर्शन गर्ने, १२ गते प्याव्सन एनप्याब्सन तथा निजी विद्यालय सम्बन्धन संस्थाहरुलाई पत्र बुझाउने, १५ गते प्रदर्शन गर्ने कार्यक्रम राखेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]