बिराटनगर, फाल्गुन ९ गते । कोशी प्रदेशको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विहीवार मोरङको बेलबारी नगरपालिका-८ स्थितमा प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलबारी-८ का २९ बर्षीय श्याम पुकार साह र २२ बर्षीय संगम महत्तोलाई ब्राउन सुगर ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने झापाको बिर्तामोड नगरपालिका-५ बाट ३१ बर्षीय मोहमद कलिम, २४ बर्षीय मोहमद अली, बिर्तामोड-४ का ३८ बर्षीय गोपाल क्षेत्री, बिर्तामोड-३ का २९ बर्षीय सुदिप बिश्वकर्मालाई ४५० ग्राम गाँजा सहित अस्थायी प्रहरी पोष्ट बसपार्कले र कमल गाँउपालिका-४ का १८ बर्षीय प्रितम चम्लागाँईलाई निषेधित औषधी ९२ चक्की सहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी वडा प्रहरी कार्यालय धरानले धरान-१५ का २३ बर्षीय मन्दिप राई, २५ बर्षीय सन्दिप राई र २२ बर्षीय करण थापालाई ट्रामाडोल ७८५ ट्याब्लेट, स्पास्पेन ८३५ चक्की सहित र इलाका प्रहरी कार्यालय जलजले उदयपुरले त्रियुगा नगरपालिका-११ का २९ बर्षीय आनन्द देव चौधरीलाई २७ एम्पुल निषेधित औषधी सहित पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय रानीले प्रतिबन्धित औषधी १८० एम्पुल सहित खोटाङ लिच्किराम्चे-९ का २४ बर्षीय भविराज राईलाई नियन्त्रणमा लिएको थियो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]