विराटनगर, फाल्गुन ७ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय विराटनगरका संयोजक मनोहर पोख्रेलले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी काठमाण्डौ्र सहित ६ वटै प्रदेशमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को विमोचन तथा सार्वजनिकीकरण भएको जानकारी गराएका छन् ।
सोही कार्यक्रमा गराउँदै सन २०२४ अर्थात २०८० पुस १६ गते देखि २०८१ पुस १६ गते सम्म मानव अधिकार उल्लङ्घन तथा ज्यादातीका घटना विश्लेषण गर्दा कोशी प्रदेशको मानव अधिकारको अवस्था झण खराव भएको संयोजक पोख्रेलले वताएका हो ।
इन्सेकले प्रकाशन गरको तथ्यांक अनुसार सातओटै प्रदेशहरूमा शारीरिक हिंसाका घटनाहरूसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा यस वर्ष कोशी प्रदेश ३६ दशमलव १८ प्रतिशत सूचकाङ्क मूल्यसहित चौथो स्थानमा छ । कोशी प्रदेश भन्दा बागमती, मधेश, लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था खराब देखिएको छ। कर्णाली र गण्डकीको भन्दा सुदुर पश्चिमको मानव अधिकारको अवस्था राम्रो देखिएको छ। सात प्रदेशमा सबैभन्दा राम्रो अवस्था सुदुर पश्चिमको र सबैभन्दा खराब अवस्था बागमती प्रदेशको छ । इन्सेकले ५३ ओटा सूचकमार्फत गरेको विश्लेषणका आधारमा सन २०२३ मा ३३ दशमलव ३२ प्रतिशत मानव अधिकार उल्लङ्घन सूचकाइक रहेकोमा सन २०२४ को कोशी प्रदेशको मानव अधिकारको अवस्था खराव देखिन्छ ।
सन् २०२३ मा राज्य पक्षबाट र अन्य पक्षबाट १ हजार ४ सय २५ जना पीडित भएकोमा यस वर्ष १ हजार ६ सय ९४ जना पीडित भएको तथ्याङ्कले देखाएको छ । गएको वर्ष भन्दा यस वर्ष २ सय ६९ जना बढी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन् ।
सन् २०२३ मा राज्य पक्षबाट १ सय १६ जना पीडित भएकोमा यस वर्ष ४१ जना पीडित भएका छन् । यस वर्ष कोशी प्रदेशमा राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको छ । राज्यको सुरक्षामा रहेकाहरूको शङ्कास्पद मृत्युले जीवनको अधिकारमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । इन्सेक अभिलेखका आधारमा सन् २०२४ मा हिरासतमा मृत्यु एक जना र कारागारमा पांच जनाको मृत्यु भएको छ । गएको वर्षसमेत राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको तथ्यांक छ ।
कोशी प्रदेशमा राज्य पक्षबाट गिरफ्तारीका घटनामा २ जना, कुटपिटका घटनामा च४ जना, कुटपिटबाट घाइते १ जना, गोली प्रहारवाट घाइते ३ जना, धारिलो हतियार प्रहारबाट ११ जना, झडपमा प्रहरीको लाठी प्रहारबाट ६ जना घाइते भएका छन् । यस वर्ष भेला हुन पाउने अधिकारबाट ४ जना बञ्चित भएका छन् ।


सन् २०२३ को तुलनामा यस वर्ष कोशी प्रदेशमा अन्य पक्षबाट मानव अधिकार ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्गले देखाएको छ । सन् २०२३ मा अन्य पक्षबाट महिला अधिकारका घटनामा ९ सय २६ जना र बाल अधिकारका घटनामा ३ सय ३६ जना पीडित भएकोमा सन् २०२४ मा महिला अधिकारका घटनामा १ हजार १ सय ४० जना र बाल अधिकारका घटनामा ३ सय ५२ जना पीडित भएका छन् । यस वर्ष कोशी प्रदेशमा बलात्कारका घटनामा १ सय ७६ जना, बलात्कारपछि हत्याका घटनामा २ जना, बलात्कार प्रयासका घटनामा २० जना, कथित बोक्सी आरोप घटनामा २ जना, दाइजोजनित हिंसाका घटनामा २ जना, सामुहिक बलात्कार घटनामा १ जना, अत्याचारका घटनामा १४ जना, वैवाहिक बलात्कारका घटनामा ३ जना, बेचविखनका घटनामा २ जना, यौनजन्य साइवर क्राइमको घटनामा १ जना, घरेलु हिंसाका घटनामा ८ सय ८३ जना र परिवारजनबाट हत्याका घटनामा ३४ जना महिला गरी १ हजार १ सय ४० जना महिला पीडित भएका छन् । ओखलढुङ्गामा ३, भोजपुरमा १, इलाममा ३, झापामा ५, सोलुखुम्बुमा १, पाँचधरमा २, सडखुवासभामा १, मोरङमा ४, सुनसरीमा ३, ताप्लेजुङमा १, तेह्रथुममा ३ र उदयपुरमा ७ गरी ३४ जना महिलाको हत्या भएको छ ।
सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट भएका बाल अधिकारविरुद्धका घटनामा ३ सय ५२ जना पीडित भएका छन् । जसमा बलात्कारका घटनामा २ सय २५ जना, सामूहिक बलात्कारका घटनामा ३ जना, यौन दुव्यवहारका घटनामा १४ जना, बाल विवाहका घटनामा ३ जना, वेचविखनका घटनामा ५ जना, शिक्षण संस्थामा दिइएको शारिरीक सजायका घटनामा ४ जना, नवजात शिशु हत्यामा ६ जना, अत्याचारका घटनामा १२ जना गरी ३ सय ५२ जना पीडित भएका छन् ।
सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट मोसो दलेका घटनामा ३ जना, कुटपिटबाट घाइते घटनामा ६ जना, गोली प्रहारबाट घाइते घटनामा २ जना, बम विष्फोटबाट घाइते घटनामा २ जना, धारिलो हतियार प्रहारबाट घाइते घटनामा १७ जना र झडपमा ३३ जना घाइते भएको इन्सेकले अभिलेख गरेको छ । यस वर्ष अन्य पक्षबाट ३१ जनाको कुटपिट गरी हत्या, बम विष्फोटमा २ जनाको मृत्यु, सेवन गर्न दिइएको विषबाट २ जनाको मत्यु, धारिलो हतियार प्रहारबाट ३४ जनाको मृत्यु भएको छ। धम्कीका घटनामा ६ जना र जातीय विभेदका घटनामा ७ जना पीडित भएको इन्सेकले सन् २०२४ मा अभिलेखीकरण गरेको छ ।
कोशी प्रदेशमा रहेका जिल्ला कारागारको क्षमता ३ हजार १ सय ८४ रहेकोमा ६ हजार १ सय ७५ जनालाई राखिएको छ । यो वर्ष बालसुधार गृह विराटनगरमा २ सय ४४ जना बालकलाई राखिएको छ ।
सन् २०२४ देखि इन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तकमा जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण, मानव अधिकार र बाताबरणको अधिकारलाई वर्ष पुस्तकमार्फत उठान गरेको छ । संविधानले प्रदान गरेको स्वच्छ बातावरणको हकसहित विश्वव्यापी रूपमा गम्भीर सङ्कटका रूपमा देखा परेको जलवायु परिर्वतनको असर र यसले मानव अधिकारमा पर्ने प्रभावलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ ले उजागर गरेको छ ।
यस वर्ष वायु प्रदुषण, पानीको मुहान सुक्नु, वाढी पहिरोलगायत प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा १८ हजार १ सय ३२ जनाले बसाइँसराइ गरेका छन् । कोशी प्रदेशमा भएका १ सय २६ ओटा इँटाभट्टा र १३ ओटा सिमेन्ट उधोगका कारण वायु प्रदुषण भएको छ। प्रदेशभरी २ सय ४० ओटा सार्वजनिक शौचालय मात्र रहेको देखिन्छ भने ६७ प्रतिशत जनतामा मात्र पिउने पानीको पहुँच पुगेको देखिन्छ ।
‘मानव अधिकार र सामाजिक न्यायका निम्ति’ क्रियाशी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत नेपालको मानव अधिकारको अवस्था सार्वनिक गर्दै आएको छ ।
उक्त तथ्यांक सार्वजनिकीकरण तथा पत्रकार भेटघाट कार्यक्रमा राष्ट्रिय मानव अधिकार आयोज कोशी प्रदेशका निर्देशक वीर बहादर बुढामगर लगायत संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेका थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]