अजय मिश्रा/कपिलवस्तु, फाल्गुन ७ गते । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्ने वताएका छन ।
महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने भन्दै व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गरे। यसका लागि पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने जाेड दिएका थिए ।
देशमा नकारात्मक भ्रम फैलिएको बताउँदै यथार्थ बुझ्न आग्रह गर्दै नेपालमा केही छैन भन्ने धारणा गलत रहेको वताए ।
हुलाकी मार्ग, चन्द्रौटा–कृष्णनगर सडक, तथा हाल निर्माणाधीन बुटवल–गोरुसिंगे सडकका लगायत आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न सडक परियोजनाहरूमा पहल गरेको दावी गरेका थिए ।कपिलवस्तु शिक्षाका दृष्टिले पछाडि रहे पनि अहिले सबै दृष्टिकोणबाट अघि बढिरहेकोमामहासचिव पाेख्रेलले खुशी व्यक्त गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]