उदयपुर, फाल्गुन ४ गते । उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थितबाट जुवा तास खेल्ने १२ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार स्थानीय ४५ बर्षीय राम प्रसाद राईको घरमा जुवा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा घर धनी राम प्रसाद राई सहत १२ जनालाई पक्राउ गरेकाे थियो ।
त्यसैगरी ५० बर्षीय चिरञ्जिवी राई, त्रियुगा-४ का ५२ बर्षीय तिलक बहादुर बुढाथोकी, त्रियुगा-८ का ७५ बर्षीय मदन राउत, त्रियुगा-७ का ४५ बर्षीय रीत वहादुर राउत, ६२ बर्षीय जाल बहादुर मगर, त्रियुगा-१६ का २७ बर्षीय कुमार कार्की, त्रियुगा-१२ का ३४ बर्षीय राजिन्द्र राई, रौतामाई गाउँपालिका-३ का ३५ बर्षीय राज कुमार कटुवाल, ३५ बर्षीय वालकृष्ण राई, ३० बर्षीय निरज कटुवाल र सप्तरी सम्भुनाथका २२ बर्षीय राकेश चौधरीलाई फेला पारी पक्राउ गरेकाे थियाे ।
प्रहरीले जुवाको खालबाट नगद ३ लाख १ सय ८० रुपैयाँ, ३ बुक तास र जुवा, २२ वटा कौडा समेत बरामद गरेको थियो ।
पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]