विराटनगर, फाल्गुन ३ गते । आदिवासी जनजातिमा सुचिकृतका लागि दबाब सिर्जना गरौं, विराट राजवंशीको एकता, ऐक्यबद्धता र प्रतिबद्धताका लागि विराटनगरमा भेला हौं’ भन्ने मूल नाराका साथ विराट राजवंशी समाज उत्थान केन्द्रीय समितिले विराटनगरमा माेटर साईकल र्याली निकालेकाे छ ।
विराटनगरकाे संसारी माई स्थान विराटनगरबाट माेटरसाईकल र्याली निकाली कन्चनबारी चौकमा देखि कटहरी, जहदा, बुढीगंगा, ग्रामथान गाउँपालिका परिक्रमा गरी हट्खोलाको खेलमैदान काेणसभामा परिनत भएका थिए । काेणसभा सुन्दलाल राजवंशी अध्यक्षतामा सम्पन्न भएका थिए ।
त्यसै गरी फाल्गुन ६ गते हुने ‘विराट राजवंशी समुदायको १८ औं बृहत भेलामा जोश, जाँगर, उत्साह र उमंगका साथ सहभागी भई दिनु हुन विराट राजवंशी समुदायलाई आयाेजकले अपिल गरेकाेछ ।
महाभारतकालमा मत्स्य देशका विराट राजासँग जोडिएको विराट राजवंशी समुदाय पूर्वी तराईको मूल आदिवासी एवम् भूमिपुत्र भएकाे दावी गरेका छन । विराट राजवंशी समुदायले आफ्नो पहिचान, अस्तित्व, अधिकार, मूल्य, मान्यता स्थापित गराउनका लागि २०६४ सालदेखि अनवरत रुपमा आवाज उठाउँदै आइरहेको छ ।
सदियौदेखि यहाँको जल, जमिन, जंगल तथा विभिन्न प्राकृतिक विपदसँग संघर्ष गर्दै आफ्नो अस्तित्वलाई जोगाउँदै आइरहेका छ।
तर राजवंशी समुदायले आफ्नो पहिचानका साथै राज्यबाट पाउने सेवा सुविधा समेतबाट वञ्चित हुँदै आइरहेका छ । साथै शैक्षिक, साँस्कृतिक, राजनीतिक र आर्थिक क्षेत्रमा पनि पहुँच हुन सकेको छैन ।
यस क्षेत्रको पहिचानका लागि विराट राजवंशी समुदायको अग्रणी भूमिका छ तर राज्यले विराट राजवंशीलाई अहिलेसम्म आदिवासी जनजाति प्रतिष्ठानमा छुट्टै सूचीमा समेत सुचिकृत गरेको छैन ।
नेपालको संविधानमा बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक र भौगोलिक विविधताको एकताको मालामा जोड्न विराट राजवंशी समुदायको अग्रणी भूमिका छ । विराट राजवंशी समुदायको भेषभूषा, भाषा, संस्कृति र संस्कारको पहिचानका लागि आन्दोलित छन् । विराट राजवंशी समुदायलाई समान अवसर, पहुँच र सामाजिक न्याय लगायतमा विभेद गरेको देखिन्छ ।
यसले गर्दा विराट राजवंशी समुदायको स्तर उन्नति हुन सकेको छैन । विराट राजवंशी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था खस्किदै गएको छ । यसप्रति राज्यले कुनै पनि प्रकारको चासो देखिदैन । यसले गर्दा विराट राजवंशी समुदायको भविष्य अन्यौल देखिएको छ ।
आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत भएका जातिहरुको भाषा, भेषभूषा र संस्कृति भन्दा विराट राजवंशी जातिले आफुलाई छुट्टै सुचिमा सूचिकृतका लागिक्षेत्रका राजनीतिक दल र राज्यका सम्बन्धित निकायले विराट राजवंशीको मागप्रति चासो देखाएका छैनन् । स्थानीय, प्रदेश र संघीय सरकारसम्म विराट राजवंशीको प्रतिनिधित्व नहुनुले यसको पुष्टि गर्छ । त्यसैले विराट राजवंशी समुदायले राज्यको प्रत्येक अङ्ग तथा तहमा आफ्नो हक, अधिकार र पहिचानका लागि सशक्त आवाज बुलन्दका साथै दबाव मुलक कार्यक्रम गर्दै अगाडि बढ्नुको कुनै विकल्प छैन ।
त्यसैले यस वर्ष पनि २०८१ फाल्गुन ०६ गते हुने १८ औं बृहत भेलामा विराट राजवंशीले आफ्नो जातीय भेषभूषा, भाषा तथा साँस्कृतिक पहिचान झल्काउने झाँकीसहितको जुलुसले कोशी प्रदेशको राजधानी विराटनगरको मुख्य बजार परिक्रमा गर्ने छ । परिक्रमापछि महेन्द्र चोकको हिमालय रोडमा हुने बृहत भेलामा सहभागी हुन हार्दिक हार्दिक अपिल गरेकाे छ ।
विराट राजवंशी समुदायको मागहरु
१. विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा छुट्टै सुचिकृत गर ।
२. राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गर ।
३. कोशी प्रदेशसभा सदस्यमा यस प्रदेश राजधानीका मूल आदिवासी विराट राजवंशीलाई समानुपातिक रुपमा प्रतिनिधत्वको सुनिश्चित गर ।
४. विराटनगरको प्रथम जातिको रुपमा विराट राजवंशीलाई घोषणा गर ।
५. विराट राजवंशी जातिको उत्थानका लागि प्रत्येक तह र अंगहरुमा छुट्टै आरक्षणको व्यवस्था गर ।
६. विराट राजवंशी जातिको प्रमुख बसोबास भएको विराटनगर महानगरपालिका, कटहरी, जहदा, बुढीगंगा, ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था गर ।
७. भेडियारी स्थित विराट दरबार क्षेत्रको संरक्षण एवं सम्बर्द्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकास गरलगायतका माग रहेका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]