अजय मिश्रा / कृष्णनगर, फागुन १ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय सुरक्षा सचेतना अभियान समुद्घाटन गरेका छन ।
सचेतना अभियान कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टले भने कार्यक्रम लाई सफल बनाउन आउनुभएका सम्पूर्णलाई धन्यवाद दिदै सुरक्षा दिन प्रहरी सदैव तयार रहने तथा स्थानीय, विभिन्न संघ संस्था, जन प्रतिनिधि, शिक्षक, अभिभावक लगायत समाजका अगुवाहरू संग मिलेर नै प्रहरीले सुरक्षा सम्बंधी समुदायमा सचेतना दिन सक्नेछ ।
त्यसैगरी कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले भने खुला सिमाना चुनौतीको विषय रहेको बताउदै, लागु औषधमा लागेका व्यक्ति हरूको घटना अध्ययन गर्नु पर्ने विषय हो । कहि न कहि हाम्रो समाजमा कुरिति अझै रहेको बताउदै शिक्षाको माध्यम बाट समाजलाई विकसीत गर्नु पर्ने भन्दै सुरक्षाको बिषयमा नगरपालिका गम्भीर भएर लाग्ने बताउदै समाजलाई सचेत तुल्याउन हामी सबै आ आफ्नो कर्तव्य निर्वाह गरि भय रहित समुदाय निर्माणमा लाग्नुपर्ने छ ।
वृहत समुदाय सुरक्षा सचेतना अभियान कार्यक्रमको बारेमा प्रकाश पार्दै प्रहरी निरिक्षक सुरज खत्रीले, कार्यक्रममा अपराध रोक्न सबैको दायित्व रहेको, गांउघरमा गएर हामी स्थानीएको सहयोगमा सचेतना जगाउने,अपराधका प्रकार, अपराध रोकथाम लगायत कार्यक्रमको लक्ष्य र उदेश्य बारे प्रकाश पार्दै कृष्णनगमा अपराध गर्नेको मुटु काम्नु पर्छ भन्ने बताए।
होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले हामी होटलमा सिसि टिभि क्यामरा जडान गरेको र संदिग्ध व्यक्ति लाई प्रहरीमा जानकारी गराएको बताए।
विशिष्ट अतिथिमा नगर उप प्रमुख आरती देवी चौधरी, नि. प्रमुख प्रशासकीय अधिकृत शंकर भट्टराई, अतिथिमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य सुशील श्रीवास्तव , कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, जन प्रतिनिधि कर्मचारी लगायत सरोकारवालाको उपस्थित रहेको थियो।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]