विराटनगर, फागुन १ गते । राजवंशी समाज उत्थान समिति (विराट) द्वारा वृहत भेला तथा र्यालीकाे साथ-साथै आन्दोलनकाे तैयारीमा लागेका छन् ।
राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले नेपाल पत्रकार महासंघ माेरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी फागुन ६ गते विराटनगरमा वृहत भेला तथा र्याली गर्नुका साथै हाम्राे माग पुरा नभए २०८१ साल बैशाख देखि अनशन, सिटी जुलुश, चक्का जाम गर्ने तयारीमा लागेकाे वताए ।
वृहत भेला तथा र्यालीका संयाेजक वसन्त (बनेश लाल) राजवंशीले भने हामी तपाईहरु समक्ष आफ्नो बिचार व्यक्त गर्न उपस्थित भएका छौ। तपाईहरुलाई लाग्न सक्छ कि एउटै कुरा किन बारम्बार दोहोऱ्याएको होला ? एउटै राग किन अलापेको होला ? यो सोच्नु स्वभाविकै होला । तर यो राग हाम्रो धैर्यता, नम्रता, सहनशीलता र आशावादीताको उदाहरण हो । हामी विराट राजवंशीलाई जब सम्म आदिवासीमा सरकारले सुचिकृत गर्दैन हामी यो प्रक्रिया दोहोऱ्याई रहन्छौं। हामी प्रत्येक वर्ष फाल्गुन ६ गते बृहत भेला तथा व्यलीको आयोजना गर्ने गरेका छौं। यो हाम्रो आपसी प्रेम, सद्भाव, मिलन र एकताको प्रतीकको रुपमा भव्य समारोह भएकाे वताए ।
विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा छुट्टै सुचिकृत गर, राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गर, कोशी प्रदेशसभा सदस्यमा यस प्रदेश राजधानीमा मूल आदिवासी विराट राजवंशीलाई समानुपातिक रुपमा प्रतिनिधित्वको सुनिश्चित गर, विराटनगरको प्रथम जातिको रुपमा विराट राजवंशीलाई घोषणा गर, विराट राजवंशी जातिको उत्थानका लागि प्रत्येक तह र अंगहरुमा छुट्टै आरक्षणको व्यवस्था गर, विराट राजवशी जातिको प्रमुख वसोवास भएको विराटनगर महानगरपालिका, कटहरी, जहदा, बुढीगंगा र ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था गर, भेडियारी स्थित विराट दरवार क्षेत्रको संरक्षण एवं सम्बर्द्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर लगायतको माग राखी सरकारलाई घच-घच्याउन फागुन ३ गते मोटरसाइकल ऱ्याली र ६ गते १८ औ बृहत भेला महेन्द्र चाैक विराटनगरमा गर्न लागेकाे वृहत भेला तथा र्यालीका सह-संयाेजक राजेश कुमार राजबंशीले वताए ।
उक्त अवसरमा विराट राजवंशी समुदायकाे पहिचान झल्काउने पहिरन, संस्कृती झल्काउने गरगहना लगाएर उपस्थित भई कार्यक्रमलाई सफल बनाईदिन सम्पूर्ण विराट राजवंशी समुदायलाई आयाेजकले आग्रह गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]