अजय मिश्र
कपिलवस्तु, माघ २८ गते । कपिलवस्तुको शिवराज नगरपालिका-७ जवाभारीमा भएकाे कपिलवस्तु प्रिमियर लिग कपकाे उपाधि माेतिनगरकाे पाेल्टामा गएकाे छ ।
मोतीनगरले १ सय ३१ रनको टार्गेट दिएकोमा बहादुरगंज ५६ रनमा अलाउट भएपछि केपीएल कपको उपाधि मोतीनगरले आफ्नो पाेल्टामा पार्न सफल भएका थिए । उपाधि उचालेसंगै मोतीनगरले १ लाख १ हजार नगद पुरस्कार प्रप्त गरेका छन ।
उपविजेता कृष्णनगर बहादुरगंजले ५१ हजार हात पारेकाे इन्डो नेपाल समाजिक मञ्चका अध्यक्ष अकरम पठानले जानकारी गराए ।
त्यसैगरी म्यान अफ द सिरिज लुम्बिनी प्रदेश प्रहरीको क्रिकेट खेलाडी युवराज सेनले हात पारेकाे छ ।
समापन समारोहलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन मन्त्री आदेश अग्रवालले केपीएल प्रिमियर कप आयोजकलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट विशेष सहयोग गर्ने आश्वासन दिदै कपिलवस्तुका खेलाडीहरूलाई प्रदेश सरकारबाट विशेष सहयोग प्रतिवद्वता जनाए ।
त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले खेलाडीहरूको आत्मबल बढाउनका लागि आफूले सक्दो पहल गर्ने वताउदै यस क्षेत्रमा ऐतिहासिक रूपमा केपीएल प्रिमियर कप भएकाेमा आयोजकलाई धन्यवाद दिएका थिए ।
पूर्वमन्त्री ईश्वर दयाल मिश्रले कपिलवस्तुको पछाडि परेको क्षेत्रमा यस्ता खेल आयोजना गरिनु आफैमा महत्वपूर्ण भएको भन्दै प्रशंसा व्यक्त गर्दै आउने दिनमा पनि यस्ता रचनात्मक क्रियाकलाप तर्फ युवाहरू लाग्नुपर्ने पूर्वमन्त्री मिश्राको भनाई रहेको थियो ।
केपिएलमा कृष्णनगर नगरपालिकाका विभिन्न वडा र शिवराज नगरपालिकाका विभिन्न वडाहरूको सह आयोजनामा भएकाे थियो ।
केपिएललाई सफल बनाउन मिर्जा राशिद, अकरम पठान, रहिश शाह लगायतले आहोरात्र खटि ऐतिहासिक बनाउन सफल भएका छन ।
माघ १२ गतेबाट सुरु भएको प्रतियोगितामा कपिलवस्तुका २५ भन्दा बढी समूहले सहभागिता जनाएको आयोजक मिर्जा रासिद बेगले बताए ।
युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेसन र नेपाल समाजिक मञ्चको आयोजना माघ १२ गतेदेखि सुरु भएको केपीएल प्रिमियर कप आज विधिवत रूपमा समापन भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]