विराटनगर, माघ २२ गते । नेकपा (ऐमाले) मोरंगको १० औं जिल्ला अधिवेशनलाई भव्यताका साथ सफल बनाउनको लागि १० वटा उपसमितिहरु गठन गरिएको छ ।
अगामी फागनु १७, १८ र १९ गते विराटनगरमा हुने अधिवेशनलाई सफल वनाउन गठन भएको १० वटा उपसमितिहरु मध्ये प्रचार प्रसार उपसमितिका संयोजक संतोष वान्तवाले पार्टी काया्र्रलय पंचालीमा गरेको बैठकले प्रविधीको प्रयोग गरि अधिवेशनको व्यापक प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।
उपसमिति संयोजक सन्तोष बान्तवाको अध्यक्षतामा बसेको बैठकले प्रचार प्रसारका लागि आवश्यक तयारी आजैदेअि शुरु गरिएको जनाईएको छ ।
सोही बैठकमा वान्तावाले भने अधिवेशनलाइ सफल वनाउन नेकपा (एमाले) मोरंग जिल्ला संगठन कमेटीेले मूल व्यवस्थापन समितिको भूमिका निर्वाह गर्ने गरी, आर्थिक व्यवस्थापन उपसमितिको प्रमुखमा राजन भण्डारी, स्वयम सेवक उपसमितिको शान्ति कुमारी लिम्बु, मञ्च व्यवस्थापन उपसमितिको प्रमुख संतोष साह, अतिथी सत्कार उपसमितिको प्रमुखमा श्रिल्पा निराला कार्की, राजनितिक प्रतिवेदन लेखन उपसमितिका प्रमुखमा बाबुराम कार्की, सांगठनिक प्रतिवेदन लेखन उपसमितिका प्रमुखमा रविन थापा, खाद्य्य तथा आवास व्यवस्थापन उपसमितिका प्रमुखमा राधेश्याम कट्टेल, प्रतिनिधी व्यवस्थापन उपसमितिको प्रमुखमा रविन थापा र स्वास्थ्य उपसमितिको प्रमुखमा मनोज विक्रम शाहलाई जिम्मेवारी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरंगको १० औं जिल्ला अधिवेशनको लागि फागुन १० गते एकै दिन जिल्ला भरी प्रतिनिधी छनौट गर्ने जानकारी वान्तावाले दिए । साथै अधिवेशसंगै ३ महिने जरा केन्द्रीत अभियानलाई पनि तिव्रता दिने बताए ।
प्रचार प्रसार उपसमितिको बैठकले प्रेस चौतारी कोशी प्रदेशको आगामी माघ ३० गते विराटनगरमा हुने दोश्रो प्रदेश अधिवेशन तथा फागुन २५–२७ सम्म विराटनगरमा हुने १० औं केन्द्रीय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा एमाले मोरङ अध्यक्ष बाबुराम कार्की, उपसचिव सोमराज थापा लगायतको सहभागिता रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]