जय प्रकाश महतो
विराटनगर, माघ २१ गते । नेपालमा मागधी प्राकृतबाट जन्मिएका भाषाहरु मगही, भोजपुरी, मैथली, थारु, ताजपुरी, राजवंशी, बंगाली, अंगिका लगायत अन्य भाषाहरु पनि निकै रहेका छन् । भारतमा मगही र भोजपुरी भाषाको साहित्यको रचना उल्लेखनीय रुपमा भएको देखिन्छ । तर नेपालमा भोजपुरीको साहित्य रचना अलिअलि भएको छ । तर मगहीको साहित्य रचना हुन सकेको छैन् । खास गरेर मैथिली भाषिहरुले मगहीलाई ठेठी मैथिली वा मैथिली वा ठेठी वा सोलकन वा निम्नकोटीको भाषा भनेर ब्याख्या गरेका थिए र अहिले पनि गरिरहेका छन् । किनकि मगही भाषा बोल्नेहरु त्यतिवेला पढेलेखेका थिएनन् र जो व्यक्तिहरु पढेलेखेका थिए त्यो व्यक्तिहरु संस्कृत, समाजशास्त्र, राजनैतिक शास्त्र, संस्कृति शास्त्र, भाषा शास्त्र विज्ञान, तर्क शास्त्र, धर्म शास्त्र, भुगोल शास्त्र, इतिहासको अध्ययन एक दमै थोरै संख्यामा गरेका थिए । जसको कारण नपढेकालाई र पढेकालाई पनि को कुन भाषा बोल्छ भन्ने कुरा थाहा भएन् । बोल्नेहरुको अज्ञानता र बुझ्नेको शोसन गर्ने उद्ेश्य भएकोले मगहीलाई मैथिली भाषा भनेर प्रचार गर्दै बास्तविक कुरा लुकाए । जसको कारण मगही भाषाको नाम तथ्यांकमा समाबेश हुन सकेन् । जबकि मगही भाषा नेपालमा बहुसंख्यकले बोलिरहेका छन् । ति मगही भाषा भारोपेली परिवार भित्रको भाषा रहेको कुरा अव प्रचार प्रसार भईरहेको छ ।
मागधी प्राकृतबाट जन्मेका मगही भाषा झापा देखी रौतहट सम्म तराई मधेशको भुभागमा बोलिन्छ । तराई मधेशका बहुसंख्यक जातिहरु (पिछडावर्ग ः कुशवाहा, केवट, यादव, तेली, सुडी, हजाम, बढई, केवरत, कुर्मी, नुनिया, कुम्हार, कमार, कानु, कलवार, अमात, कलवार, कसेरा, सोनार, राजभर, धोवी, राजधोव, बनिया, हलुवाई, भेडिहर, कथवनिया, माली, मल्लाहा, बरैई, मधेशका दलितः चमार, हरिजन, मुसहर, पासवान, डोम(मेस्तर) लगायत मधेशका आदीवासी जनजातीः धानुक, थारु, राजवंशी, दनुवार, गनगाई, आदीको भुगोल, पहिरण, पेशा, रहनसहन, संस्कार, संस्कृति, धर्म, आचरण, व्यबहार, लवाईखुवाई समान रहेको छ । मुसलमानहरुले पनि मगही भाषा नै प्रायः बोल्ने गर्छ । प्राचीन काल देखी यी सबै जातिहरु एउटै समाजमा र एउटै भुगोलमा बस्दै आएको छ ।
एउटा जाति हुनको लागि त्यस जातिको आफनो भाषा, संस्कृति, पहिरण, भुगोल, पेशा, उद्गम स्थल अनिवार्य हुनु पर्दछ अनि मात्र त्यो जाति हुन्छ । जव सम्म राज्यले माथि उल्लेख गरेका जातहरुको भाषा, संस्कृति, पहिरण, भुगोल, पेशा, उद्गम स्थल कायम गर्दैन तव सम्म ति जातिहरुले राज्यबाट समतामुलक पहिचान र सम्मान पाउन सक्दैन् । त्यसको लागि मातृभाषाको पहिचान मुख्य हो । तराई मधेशमा बसोवास गर्ने पिछडावर्गहरु, दलितहरु, जनजातिहरुको भाषा, संस्कृति, भुगोल, पहिरण आदीमा समानता रहेको र त्यो समानताले अवल समाज पनि निर्माण भएको हो । यसले विविधतामा एकता कायम गरेको देखिन्छ । तसर्थ, नेपालमा मगही भाषाको परिचय र उपस्थिीति निकै पुरानो रहेको कुरा तल उल्लेख गरेको तालिकाबाट सावित हुन्छ ।
प्रा. बालकृष्ण पोखरेल लगायत अन्य भाषाविद्हरुले पनि यस कुरालाई समर्थन गरेका छन् । उहाँले नेपाली बृहत शब्दकोशमा विदेह भनेको मिथिला र मगध देशलाई जनाउने प्राचीन नाम भनेर पनि उल्लेख गरेको पाईन्छ ।


महाभारत पर्बतको लहरमा बस्ने दनुवार जातिहरुले मागधेली शाखा भित्रको नेपालवर्गमा पर्ने दनुवारी भाषा बोल्दछन् । पूर्वी नेपालको पहाड र भित्री मधेशमा बस्ने माझीहरु ठुलठुल्ला नदीहरुको तटमा माझी भाषा बोल्दछन् । पुर्वी नेपालको माझीहरुको भाषा र पश्चिम माझीहरुको बोली भाषामा फरक हुन सक्दछ । तर पनि ति दुवै बोली वा भाषा मागधी शाखा भित्र पर्दछन् । माथि उल्लेख गरिएको भाषिक चार्ट अनुसार मगही, भोजपुरी, मैथली, ताजपुरी, थारुवानी, दनुवारी, माझी मागधी शाखा भित्र नै पर्दछन् भने कुरा सावित हुन जान्छ ।
अर्धमागधी शाखाको भारतवर्ग भित्र पर्ने एक मात्र भाषा अबधी हुन् जसको सम्बन्ध अबध प्रान्तसित रहेको छ । अबधी भाषालाई साहित्यको रुपमा सम्पन्न मानिन्छ । त्यस्तै, अर्धमागधी शाखाको नेपालवर्ग भित्र पर्ने चार भाषाहरु बोटे, दर, थारुवानी र कुह्माले नेपालको सुदुरपश्चिममा बोलिन्छ । बोटेहरु भित्री मधेसमा, कुह्मालेहरु केही मात्रामा पूर्वी पहाडको भित्री मधेसमा र केही मात्रामा पश्चिमी पहाडको भित्री मधेसमा बसोवास गर्दछन् । बोटेहरुले माझीहरु जस्तै माछा मार्ने र डुङ्गा ख्याउने काम गर्दछन् । भित्री मधेस तिनै जातिहरुको लागि साझा भएकोले तिनिहरु एक अर्कोको छिमेकी हुन आउँछ । पूर्वमा थारुले मागधी भित्रको थारुवानी भाषा बोल्दछ भने पश्चिममा अर्धमागधी भित्रका थारुवानी भाषा बोल्दछन् ।
माथि दिएको चार्टलाई अध्ययन गर्ने हो भने यसमा दुईवटा कुरा छुट्याइएको देखिन्छ–पहिलो नेपालवर्ग र दोस्रो भारतवर्ग । नेपालवर्ग भन्नुको मतलव ति जातिहरु जसलाई नेपालको संबैधानिक कानुन अनुसार आदीवासी जनजातिमा सुचिकृत भएकोले ति जातिहरुले बोल्ने भाषालाई नेपालवर्गमा राखेको हुन सक्दछ । त्यस्तै, भारतवर्ग भन्नुको मतलव ति जातिहरु जो नेपालको संबैधानिक कानुन अनुसार कुनै वर्गमा त्यतिवेला सम्म नराखेकोले भारतवर्ग समूह कायम गरी ति भाषा बोल्ने जातिहरुलाई भारतवर्गमा राखेको हुन सक्दछ । जबकी मगही र भोजपुरी बोल्ने जातिहरु नेपालमा विगत पाँच हजार वर्ष भन्दा पहिला देखि बसोवास गरिरहेको प्रमाण इतिहासले देखाईरहेको छ । यसलाई थप अनुसन्धानको आबश्यता रहेको देखिन्छ । साथै, केही मान्छेहरुले मैथिली भाषालाई जानकी भाषा वा बैदही भाषा वा जनकपुरको भाषा, मिथिला भाषा वा मधेशी भाषा भनिरहेका छन् किनकि ति भाषाहरु राजा जनकको भुमिबाट उत्पति भएको मानिन्छ । तर त्यो कुरा चाँही पुर्णरुपमा गलत हो किनभने राजा जनकको राज्यकाल त्रेता यूगमा मिथिला नामक राज्य थियो र राजा जनकको मातृभाषा संस्कृत थियो । त्रेता यूगमा भाषाशास्त्रीहरुको अनुसार संस्कृत भाषा(बैदिक भाषा) मात्र थियो । त्यसैले राजा जनकको भाषा पनि संस्कृत थियो । मैथिली भाषाको जन्म ११ औं शताब्दमा भएको भाषा बिज्ञहरुको भनाई रहेको छ । (स्रोत ः राष्ट्रभाषा, लेखक प्रा. बालकृष्ण पोखरेल, प्रकाशक ः साझा प्रकाशन ः संस्करण ः प्रथम प्रकाशन २०२२ र दशम २०५५ साउन १७ गते पेज नं ८९–९९) । लेखक भाषा संस्कृति प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]