विराटनगर, माघ २१ गते । श्रीहरि सत्संग समिति नेपाल, विराटनगरले होली पर्वका अवसरकामा कृष्णलिला (रासलिला) आयोजना गर्ने तयारीमा जुटेका छन् ।
श्रीहरि सत्संग समिति नेपालका राष्ट्रिय अध्यक्ष भिखम चन्द सरलको अध्यक्षतमा भएको भेलाले कृष्णा लिला (रासलिला) आयोजना गर्नको लागि ५५५ जनाको मुल आयोजक कमेटी र ३१ जनाका कार्यसम्पादन समिति बनाएका छन् ।
बैठकलाइ सम्बोधन गर्दै अध्यक्ष सरलले तीन वर्ष पहिले स्थापना भएको श्रीहरि सत्संग समितिले पहाड र तराईको गाउँगाउँमा हिन्दु धर्म जागर अभियान चलाई धर्म परिवर्तन रोक्न कार्यमा संस्थाले अहम भुमिका निर्वाह गरेको सुनाउँदै
शहरी क्षेत्रबाट टाढा ग्रामीण भेगमा रहेका जनजाति, आदिवासी, पिछडिएका सीमान्कृत समुदायको घर दैलोमा पुगेर रात्री प्रयास समेत गरी भजन, किर्तन, कथा एवं प्रवचनको माध्यमबाट धर्म जागरण अभियान निरन्तर संचालित रहेको वताए ।
विराटनगरमा लामो अन्तरालमा पहिलो पल्ट श्रीकृष्ण लिला अर्थात् रास लिलाको भव्य आयोजन होलीको शुभ अवसरमा अगामी चैत ५ गते देखि ९ गते सम्म अतिथि सदमा हुने भएको छ । रासलिला मनोरञ्जनका लागि मात्र होइन धर्म जागरण अभियानको एक खुडकिलो हुनेछ । भारतको वृन्दावन धामबाट आउने २१ सदस्यीय टोलीले आफ्नो कलात्मक प्रस्तुति पेश गर्ने अध्यक्ष सरलले जानकारी गराए ।
त्यसैगरी कार्यक्रमका प्रमुख संयोजक महेश स्वर्णकारले होलीको अवसरका आयोजना गर्न लागिएको रास लिलाको साथ साथै प्रत्येक दिन स्थानीय जातजातिको झाकी प्रदर्शन हुने जानकारी गराउँदै सो आयोजनालाई सभ्य र भव्य वनाउन विराटनगर बासीलाई तन, मन र धनले सहयोग गर्न आग्रह गरका थिए ।
त्यसैगरी विराटनगर सम्भाग अध्यक्ष विद्यानन्द माझीले रास लिला आयोजना गर्न करीब १० लाख खर्चको अनुमान गरको बताउँदै त्यसका लागि करीब १५ लाख सहयोग जुटाउनु पर्ने भएकोले सबैलाई सहयोग गर्न आग्रह गरका थिए ।
उक्त बैठकमा देवेन्द्र गुप्ता, लक्ष्मण नेवटीया, गिरीजा सारडा लगायतले आ–आफ्नो मन्तव्य राख्दै हिन्दु धर्मलाई वचाउने अभियानमा सबैले स्वस्फुर्त रुपमा आफै सहभागी आग्रह गरका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]