सुनसरी,माघ १६ गते । सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र प्रतिवन्धितऔषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको देवानगंज गाउँपालिका–३ का ४० बर्षीय अर्बिन कुमार यादवको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मंगलवार कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह (रिट) र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको घर कम्पाउण्ड खानतलाशी गर्दा खाल्टो खनेर ड्रम भित्र प्लाष्टिकमा प्याक गरेर र घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको गाँजा बरामद गरेका थिए ।
बरामद गरको ३९ किलो २९० ग्राम गाँजा संगै यादवको ३५ बर्षीया श्रीमती सोनि कुमारी यादवलाई नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी अस्थायी प्रहरी चौकी श्याम चौक सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका –१५ शुसन टोलका १८ बर्षीय उषण भुजेलको घरको कोठा भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी स्पासपेन–२ हजार ८० चक्की सहित नियन्त्रणमा लिएको थियो ।
लागुऔषध गाँजा र औषधी सहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]