विराटनगर, माघ ८ गते । हिसान खेल्नैका लागि कोशी प्रदेश र मधेश प्रदेश भरिका खेलप्रेमी विद्यार्थीहरु हिसान मोरङ अन्तर्गतका स्कूल कलेजमा भर्ना हुन लालयित भएको हिसान मोरंग अध्यक्ष अमित ढकालले वताएका छन ।
हिसान मोरङको मूल मन्त्र, शिक्षा र खेलकुद बलियो संयन्त्र नाराका साथ शुरु भएको हिसान मोरङ स्पोट्र्स मीट २०८१ बारे जानकारी दिने उदेश्यले गरिएको पत्रकार सम्मेलनमा सो कुरा वताएका हुन् ।
हिसान मोरङको आयोजनामा २०८१ माघ १० गतेदेखि १६ गतेसम्म हिसान मोरङ स्पोट्र्स मीट हुने जानकारी गराउँदै खेलकुदको माध्यमबाट अनुशासन कायम राख्न, स्वस्थ र सावभौमिकताको रक्षा गर्नसक्ने देशभक्त नागरिक उत्पादन गने, धुम्रपान, मद्यपान तथा लागुपदार्थको कुलतबाट युवाहरुलाई बचाइ राष्ट्रियस्तरका खेलाडीहरु तयार गरी खेलकुदको माध्यमबाट देशकै नाम ससारभर चिनाउने महान उदेश्य आयोजना गर्न लागेको अध्यक्ष ढकालले जानकारी गराए ।
मोरङ हिसान स्पोट्स मिट अन्तर्गत महिला र पुरुप फुटबल, पुरुष तथा महिला भलिवल, पुरुष क्रिकेट, पुरुष वास्केटवल, पुरुप कर्बाड, पुरुष एबम महिला टेबल टेनिस सिइल र डबल, लामो र छोटो दुरीको दौड प्रतियोगिता जस्ता इभेन्ट्सको आयोजना गरिने भएको छ ।
जसमा मोरङ जिल्लाभरका सस्थागत विद्यालय र कलेजका कक्षा ११ र १२ अध्ययन गर्ने लगभग ३० हजार विद्यार्थीहरु मध्येबाट हरेक कलेज तथा विद्यालयले आन्तरिक प्रतिस्पर्धाबाट खेलाडीहरु छनौट गरिएका आ–आफ्ना उत्कृष्ट विद्यार्थीहरु विच प्रतिस्पर्धा गराइ सिगल र टिम इभेन्टसमा सहभागिताको लागि पठाउने गर्दछ ।
यसवर्ष फुटबलमा २२ टिम सहभागी भएका छन जसमा पेस्ट स्कोरर, बेस्ट किपर र बेस्ट प्लेयरका साथै २१ वटा म्यान अफ द म्याच दिने तय भएको छ। त्यसैगरी १७ टिम सहभागी भएको ननिवल खेलमा वेस्ट स्पाइकर, रेजर, ब्लकर, सर्भर र डिफेन्सरका साथै १६ वटा म्यान÷बोमन अफ द म्याच दिने तय भएको छ। यसरी नै १३ टिम सहभागी भएका क्रिकेट खेलमा पनि बेस्ट बलर, वेस्ट व्याट्स म्यानं, र बेस्ट प्लेयरका साथै १२ बटा म्यान अफ द म्याच दिने तय भएको छ ।
हिसान मोरइले फुटवल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलाइ ट्रफी र प्रमाणपत्र एवम खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गर्दछ भने वास्केटबलमा प्रथमलाई, लामो र छोटी दुरिको दौडका साथै टेबलटेनिसमा प्रथम, दोश्रो, तेस्रो र चौथो हुने महिला तथा पुरुषलाइ ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गर्ने भएको छ ।
क्रिकेट खेल बिराटनगर १९ स्थित क्रिकेट रंगशाला माघ १० गतेबाट शुरुहुने भएको छ । फाइनल खेल र समापन कार्यक्रम माघ १६ गते सहिद दिवसको दिन सहिद रंगशालामा सम्पन्न गर्ने तय गरिएको अध्यक्ष ढकाले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]