राजेश कुमार राजवंशी
विराटनगर, माघ ८ गते । विराट राजवंशी समुदायले आफ्नो गुमेको पहिचान, प्रतिष्ठा र परम्परागत सांस्कृतिक मुल्य मान्यता प्राप्तिका लागि १८औं बृहत भेलालाई सभ्य र भव्य बनाउन समिति गठन गरेका छन ।
राजवंशी समाज उत्थान समिति केन्द्रिय सचिव बानेश्वर (वसन्त) राजवंशीको संयोजकत्वमा मुल समिति गठन गरेका छन ।
समाज उत्थान समिति मोरङ जिल्ला सचिव राजेश कुमार राजवंशी सह संयोजक विराट राजवंशी युवा अध्यक्ष विक्रम राजवंशी सचीव लगायत समिति चयन गरेको छ ।
त्यसैगरी उपसमितिहरुमा ईन्द्रलाल राजवंशी संयोजक आर्थिक, प्रचार–प्रसार समितिको संयोजक रामशिह राजवंशी, मन्च व्यवस्थापन समितिको संयोजक पन्न्ना लाल राजवंशी, मोटरसाइकल र्याली संयोजक सुन्दर लाल राजवंशी लगायतलाई जिम्मेवारी दिएका छन।
केन्द्रिय समितिको भेलाले १८औं बृहत भेलालाई वृहत प्रचार प्रसार राजवंशी समाज उत्थान केन्द्रिय समिति (विराट) का केन्द्रिय उपाध्यक्ष प्रदीप विस्वास राजवंशीले १८औं बृहत भेला सफल पार्न भव्य र सभ्य रूपमा मनाउने भएकोले सम्पर्ण विराट राजवंशी समुदायलाई सहभागी हुन समेत आह्वान गरेको छन ।
विराटनगर–४ कन्चनवारी आयल निगम छेउमा रहेको सितलु दास गुठीको प्रांगणमा गर्ने भएको छ ।


राजवंशी समाज उत्थान समिति (विराट) ले प्रत्येक वर्ष फागुण ६ गते वृहत भेला गर्दै आएको छ । विराट राजवंशी समुदायले १८औं वृहत भेलालाई सभ्य र भव्य वनाउनको लागि समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ ।आफ्नो जातिको लागि सहयोग गर्ने वताउँदै विराट राजवंशीको भव्य र सभ्य भेलालाई आफ्नो जातीय भेषभुषा, संस्कृति, पहिचान झल्काउने पहिरनमा उपस्थित भई सहभागी हुन आग्रह समेत गरेका छन् ।
१८औं बृहत भेला सम्पुर्ण विराट प्रेमी दाजुभाइ, दिदिबहिनी, शिक्षक, कर्मचारी, व्यपारी, राजनीतिक दलका नेता गण, किसान, विधार्थी, कलाकार, बृद्वबृद्वा तथा शुभ चिन्तक इष्टमित्रहरु उपस्थित भई सफल बनाउन को लागि राजवंशी समाज उत्थान समिति(विराट ) केन्द्रिय अध्यक्ष भुवनेसश्वर मण्डल राजवंशीले आग्रह समेत गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]