विराटनगर, माघ २ गते । धनपाल थान गाउँपालिका–२ मा रहको नेपाल रेडक्रस सोसाइटी अमाही वरियाती उपशाखाको निर्वाचन सर्वसम्मत भएको छ ।
धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारको प्रमुख आतिथ्यमा सामुदायिक भवन भगवानपुरमा भएको ५२ औं साधारण सभाको खुल्ला सत्र समापन पछि भएको वन्दसत्रले रामनारायण साहको सभापतित्वमा ११ सदस्य उपशाखा समिति सर्वसम्मतीले गठन गरेको हो ।
सर्वसम्मतीले गठन भएको समितिको उपसभापतिमा मिना देवी मण्डल, सचिवमा जयकृष्ण मण्डल, कोषध्यक्षमा प्रभुनारायण मण्डल, उपसचिवमा शिवनाथ मण्डल, उपकोषाध्यक्षमा आनन्दलाल सुतिहार, महिला सदस्यमा हिना कुमारी सिंह, सदस्यहरुमा क्रमशः राजेन्द्र प्रसाद मण्डल, महेशलाल चौधरी, बासुदेव राय र भक्रिराम मण्डल रहेका छन् ।
सर्वसम्मत भएको पदाधिकारी र सदस्यहरुको नाममाली निर्वाचन अधिकारी सुनिल राज मण्डलले सार्वजनिक गरका थिए । पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र भोली वितरण गर्ने मण्डलले वताए ।
नेपाल रेडक्रम सोसाइटी एउटा समाजिक र सेवा मुखी संस्था भएकोले यसमा लाग्ने व्यक्तिहरु पनि निस्वार्थ भावनाले लाग्नु पर्ने प्रमुख अतिथि गच्छदारले वताए । खुल्लासत्र पछि वन्दसत्रमा हुने निर्वाचन पनि सर्वसम्मतिले गर्न आग्रह गरेका थिए ।
साधारणसभामा नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य श्याम सुन्दर सुतिहारले भने नेपाल रेडक्रस सोसाइटीले विप्द तथा संकट व्यवस्थापनमा विशेष गरी बाढी–पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपदहरुवाट क्षति कम गर्न विपद्को पूर्व तयारी सम्वन्धी जनचेताना मुलक कायक्रमहरु संचालन गर्ने भएकोले त्यसकोे तथ्यांक र विपद् व्यवस्थापनमा हुने आन्दानी र खर्चको पनि हरहिसाव उपशाखाले दुरुस्त राख्नु पर्नेमा जोड दिएका थिए । विजय विश्वास, बतासु मण्डल लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]