विराटनगर २४ पुस । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको हाे ।
न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार अस्पतालले निःशुल्क ओपिडी सेवा (पत्रकारका परिवारलाईसमेत), निःशुल्क आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स सेवा ( विराटनगरभित्रका पत्रकारलागि), निःशुल्क प्याथोलोजी सेवा (यससम्बन्धी सबै जाँचहरू), निःशुल्क एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इको, इन्डोस्कोपी, क्लोनोस्कोपी सेवा, बेड चार्ज निःशुल्क, निःशुल्क फिजियोथेरापी सेवा हरु उपलब्ध गराउने छ ।
५० प्रतिशतछुट अन्तरगत एमआरआई, सिटी स्क्यान, सिटी एन्जियोग्राफी, क्याथल्याव (एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेशमेकर), सबै प्रकारका शल्यक्रियाहरू, आइसियू, सिसियू, भेन्टिलेटर, बोनम्यारो डेनसिटी, इइजी, एनसिभी, एनसिएस, टिएमटी, एबिपिएस, होल्टर, कार्डियोग्राफी, बेड चार्ज ,फिजियोथेरापी सेवा अस्पताले उपलब्ध गराउने अस्पतालका कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिएका थिए ।
उहाँका अनुसार पत्रकारका आश्रित परिवारलाई ४० तथा ३० प्रतिशत छुटमा विभिन्न स्वास्थ्य सेवाहरु दिनेगरि सम्झौता भएको छ । नेपाल पत्रकार महासंघ मोरङका साधारण सदस्यहरू र महासंघको सिफारिसमा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई न्यूरो हस्पिटलले उपचार सेवा प्रदान गर्ने छ ।
नेपाल पत्रकार महासंघ मोरङले विगत ६ वर्षदेखि न्युरो अस्पतालसँग स्वास्थ्य उपचारका लागि सम्झौता गर्दै आएको छ । पछिल्लो ३ वर्षमा न्युरो अस्पतालबाट मोरङका २ सय पत्रकार र परिवारका सदस्यले उपचार सेवा लिएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]