विराटनगर, पुस २२ गते आर्थिक र औद्योगिक विकासका माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उदेश्यका साथ आठौं संस्करणको विराट एक्स्पो अगामी माघ ११ गतेदेखि २० गते सम्म हुने भएको छ ।
स्थापित निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग संगठन मोरंगले एक्स्पो हुने स्थल विराटनगर–१४ जतुवा स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड) मा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएको हो ।
उद्योग संगठनका उपध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दलालले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती वाचन गर्दै अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पोमा ९ वटा पेभिलियन अन्तर्गत २ सय ६८ वटा स्टल रहने जानकारी दिदै भने नेपाल, भारत, पाकिस्तान र बंगलादेशका गरी विराट बजार बिटुबीका १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२ स्टल, रोजगार कोशीका १२ स्टल, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० स्टल, अटोमोबाइल्सका २० स्टल, औद्योगिक तर्फ ७५ स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईजका ७५ स्टल, खाद्यका १० स्टल र प्रयोजकका १२ स्टल रहने वताए ।
एक्स्पोलाई रोमान्चक वनाउन प्रत्येक दिन साँझ राष्ट्रिय रूपमा ख्यातिप्राप्त पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङ, रक हेडस, एकदेव लिम्बु, सौरभ भट्टराई, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डि, हुमन आचार्य, स्वप्न सुमनको प्रस्तुति रहने छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र उपाध्यक्ष विपिन काबरा, विराटनगर–१४ का वडा अध्यक्ष सुर्यनारायण महतो लगायतको उपस्थिति रहको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]