विराटनगर, पुस ९ गते । माेरंगकाे बुढिगंगा-२, टंकि सिनुवारी रहेको रेवन्त-रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटद्वारा ।”विजय सुचक घण्टी” समुद्घान गरेकाे छ ।
विराट  मेडिकल कलेजको १० औं बार्षिकोत्सवको अवसर पारेर विजय सुचक घण्टी कार्यक्रमको शुभारम्भ गरिएको हो।
विरामीहरुले क्यान्सरसँग लड्न देखाएको हिम्मत र शक्तिका कारण प्राप्त गरेको जितको सम्मान र अन्य विरामी, चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको सदस्यहरुको प्रेरणा र थप उर्जा प्रदानका लागि बेल अफ सेलिब्रेसन कार्यक्रम ल्याईएको अस्पतालले जनाएको छ ।
क्यान्सर विरामी भित्रको अविश्वास र कमजोर मनोवललाई तोडेर आत्मशक्ति र आत्मक्षमता सहितको साहसलाई प्रतिनिधित्व गर्ने विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।
विजय सुचक घण्टी क्यान्सरका विरामीको उपचार शुरु गर्दा वा उपचार सकिएपछि, स्वास्थ्य लक्ष्यहरु हाँसिल गर्दा वा दुखाई मुक्त हुने दिन, नयाँ अवसर जस्तै क्निकल ट्रायलमा सहभागि हुँदा, पारिवारिक कार्यक्रमहरु वा व्यक्तिगत विजयमा, रोग स्थिर रहेको छ र अगाडी बढेको छैन भन्ने खवर पाएको वेला, उपचारले सकारात्मक प्रभाव देखाएको उत्सवमा र प्रत्येक दिनको जीवनलाई पूर्णताले जिउने उत्सवमा बजाईने विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले जानकारी गराए ।
गत वर्षको माघ २१ देखि क्यान्सरको उपचारमा पहुँचको दुरीलाई बन्द गरौं भन्ने नाराका साथ शुरु भएको इन्स्टिच्युटबाट ३० हजारले बहिरंग सेवा लिएका छन् । दुई हजारले सर्जरी सेवा लिएको बताए । कोशी प्रदेशका १ सय ६० स्थानमा गरिएको स्क्रिनिङ शिविरबाट १२ हजारले सेवा लिएको डा. कार्कीले वताए ।
कार्यक्रममा विराट मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमानसिंह कार्कीले क्यान्सरलाई अवसरका रुपमा हिँड्न सके रोगलाई जित्न सकिने भन्दै क्यान्सरको उपचार निशुल्क गर्न आवसश्यक रहेको बताए। उहाँले राज्य संवेदनशिल भएर सरकारी र निजीलाई हेर्ने एउटै दृष्टिकोण बनाए निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने तयार रहेकाे वताए ।
डा. कार्कीले भन्नुभयो,‘ निजी अस्पतालहरु प्नि राज्यकै हो भन्ने कुराको विकास हुन सकेन ।’ क्यान्सर पीडितका लागि सरकारले दिने १ लाख रुपैयाँ कम भएको उहाँको भनाई छ । डा. कार्कीले नेपालभरिका जुनसुकै क्षेत्रका चिकित्सक विरामी भएर उपचार गर्न नसक्ने अवस्थामा पुगेकाहरुलाई निशुल्क रुपमा उपचार गरिदिने समेत प्रतिवद्वता जनाए । उहाँले भन्नुभयो,‘ चिकित्सक विरामी भएर उपचार गराउन नसकेर चन्दा मागेर उपचार गराएको देख्दा दुःख लाग्यो ।’ मागेर उपचार गराउनु पर्ने अवस्थाका चिकित्सकको निशुल्क उपचार हामी गर्छौं उहाँले भन्नुभयो ।
इष्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपका सदस्य कमल पौडेलले हौसलाले रोग जित्न सकिने बताए। उहाँले क्यान्सर रोगको भ्रमका कारण मानिसहरु क्यान्सर शब्दले नै थिचेर मार्ने हो की भन्ने लागेको उहाँको भनाई छ । ब्लड क्यान्सर मुक्त हुनु भएका पौडेलले विरामीलाई हौसला आवश्यक रहेको वताए ।
इन्स्टिच्युटमा उपचार गराउनु भएका बिरामीहरु मध्ये आर्थिक अवस्था कमजोर भएका ६ जना विरामीलाई र बाँकी अन्य बिरामीहरुलाई उपचारमा सहयोग पुग्ने उद्देश्यहेतु प्रदान गरिएको थियो । यसरी प्राप्त भएको रकमबाट आफ्‌नो बाइन्स्टिट्‌युट को क्यान्सर विरुद्धको लंडाईको यो जोश यतिमै टुङ्गिएको छैन । गत फागुन १७ गते नेपाल भरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौता पत्रमा हस्ताक्षर भयो। हाल यहि सम्झौता अनुसार विरामीहरुले सुविधा निरन्तर पाईरहनु भएको डा. कार्कीले वताए ।
क्यान्सरका बिरामीको उपचार संगसंगै हौसला प्रदान गर्न र हाम्रा स्वास्थ्यकर्मीहरुले दिनुभएको हेरचाह र समर्पण संगै बिरामीहरुले क्यान्सरसँग लड्न देखाउनुभएको हिम्मत र शक्तिका कारण प्राप्त गर्नुभएको जितलाई सम्मान र अन्य बिरामी, चिकित्सक स्वास्थ्यकर्मी, परिवारका प्रत्येक सदस्यकालागी प्रेरणा र चप उर्जा प्रदान गर्ने उद्देश्यका साथ हामीले ल्याएका छौ यो “विजय सुचक घण्टी”ल्यएका छाै । यसले प्रत्येक बिरामी भित्रको अविश्वास र कमजोर मनोबललाई तोडेर आत्मशक्ति, आत्मविश्वास र आत्मक्षमता सहितको अधम्य र अद्धभुत साहासलाई प्रतिनिधित्व गर्ने छ भनी विश्वास लिएकाे डा.कार्कीकाे भनाइ थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]