भोजराज घिमिरे
विराटनगर, पुस २ गते । बुढीगंगा गाउँपालिका-१ टंकीसिनवारीस्थित नरग्राम माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई सम्मान गरेका छन ।
पूर्व विद्यार्थीहरूको तदर्थ समितिले विद्यालयका १२ जना अवकाश प्राप्त शिक्षक तथा दिवंगत शिक्षकहरूका परिवारजनलाई सम्मान गरेकाे हाे ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले सम्मान गर्नुभएको थियो। डा. कोइरालाले नेपालमा यस्तो कार्य सम्भवत: पहिलो भएको बताउँदै शिक्षकहरूको योगदानले नै समाजमा प्रतिष्ठित व्यक्ति जन्मिएको उल्लेख गर्नुभयो ।
डा. कोइरालाले भने, “शिक्षकहरूको ज्ञान र मार्गदर्शनले नै धेरै विद्यार्थी आज चिकित्सक, इन्जिनियर, वकिल, न्यायाधीशजस्ता जिम्मेवार स्थानमा पुगेका छन्। शिक्षाको सम्मान गर्नु भनेको आफ्नो भविष्यप्रति सम्मान गर्नु हो।”
कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगर, उपाध्यक्ष अमृता कुमारी गच्छदार, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया, विद्यालयका प्रधानाध्यापक कैलाश केसीसहित काठमाडौंबाट आएका पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको झापा बाट आएकिपूर्व विद्यार्थी मिना बराल ले बताइन ।
उक्त कार्यक्रम समितिका संयोजक सुवोद कोइरालाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]