विराटनगर, मंसिर ३० गते । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल जिल्ला कार्यसमिति मोरङले जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेकाेछ ।
विराटनगमा प्याब्सन जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा मोरङको बेलबारी नगरपालिका, केरावारी, लेटाङ, सुन्दर हरैचा नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथानगरी १४ वटा स्थानीय तहबाट निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सभागी जनाएको प्याब्सनका मोरङ अध्यक्ष प्रेमलाल सिंह जसुवालले जानकारी गराए ।
धर्म संस्कृति जगेर्ना गर्ने उदेश्यले जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयो ।
लोक नृत्य लोप हुँदै गईरहेको अवस्थामा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लोक नृत्य संरक्षण गर्ने तर्फ केन्द्रीत गर्नका प्रतियोगिताको आयोजना गरेको उहाँले बताए ।
कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै प्याब्सन केन्द्रीय कार्यसमितिका प्रमुख सल्लाहाकार टिकाराम पुरीले विद्यालयले आयोजना गरेको लोक नृत्य प्रतियोगिता सराहनीय रहेको चर्चागर्नुभयो ।
यस्ता कार्यक्रमहरुले धर्म संस्कृत जगैर्ना गर्न मदत पुगेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रतियोगिहरुले विभिन्न लोक नृत्यहरु प्रस्तुत गरेका थिए । भने प्रतियोगिहरुको परिणाम आउन बाँकी रहेको मोरङ अध्यक्ष सिंह जसुवालले बताउनुभयो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]