विराटनगर, मंसिर १२ गते । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने नेपाल प्रमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उपाधि जितेमा कोशी प्रदेश सरकारले विराटनगर किङ्सलाई  ३० लाख दिने घोषणा गरेको छ ।
विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विजेता बनेमा ३० लाख पुरस्कार दिने  घोषणा गरेकाे हाे । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ । मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना  दिएका छन । बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले  खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको  बताउँदै  क्रिकेटबाट  राष्ट्रियमात्र हैन अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरेका छन ।
‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ, मुख्यमन्त्री कार्कीले भने, आगामी दिनमा खेलकुदको विकासकालागि थप योजनाहरू अघि सारिनेछ ।’
विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने जानकारी गराए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]