विराटनगर, मंसिर ११ गते । मैथिली एसोसिएशन नेपाल (मान) नामक गैरसरकारी संस्था केन्द्रिय कार्यालय विराटनगर–१२ का अध्यक्ष प्रवीन नारायण चौधरीले “स्पोन्सर”को नाममा १० हजार लिएर “मान इन्टरनेशनल अर्वाड २०२४” ले सयौंं जनालाई सम्मान गर्ने कार्यप्रति संचारकर्मी, मैथली भाषाभाषीका अगुवाहरु र संचारसंग सम्वन्धित संस्थाहरुले आपत्ती जनाएका छन् ।
मैथली सञ्चारकर्मी संघ नेपाल, मधेशी पत्रकार समाज, मोरंग र प्रेस मञ्च नेपालले संयुक्त प्रेस विज्ञप्ती जारी गरी सम्मान योगदान प्रति आधारीत हुनु पर्नेमा सो कार्य नगरी जसले १० को स्पोन्सर गर्ने उसैलाई सम्मान गर्ने कार्यप्रति आपत्ती जनाएको हो ।
उक्त विज्ञप्तीमा भनिएको छ मैथिली एसोसिएसन नेपाल, विराटनगरद्वारा होटल स्वागतममा होटलमा मंसिर १५ गते आयोजना गर्न लागिएको “मान इन्टरनेशनल अवार्ड २०२४“ कार्यक्रम मैथिली भाषाको पहिचान, सम्मान, र संरक्षणका लागि आयोजना हुनुपर्नेमा सो नभई सम्मान गर्ने व्यक्ति वाटै स्पोन्सरको नाममा आयोजकले १० हजार मागेर गलत गतिविधी आपत्तिजनक रहेको छ ।
यस्तो कार्यले अवार्डको वास्तविक मर्म र योगदानलाई उपहास गरेको छ । मैथिली भाषाको उत्थानका लागि योगदान गर्ने व्यक्तिहरूलाई उचित सम्मान दिनुको सट्टा, जो कोहीले पैसा तिरेर अवार्ड पाउने प्रचलनले यो कार्यक्रमको उद्देश्य र विश्वसनीयताम माथि समाजमा गम्भीर प्रश्न उठाएको विज्ञप्तीमा उल्लेख छ ।
मैथिली भाषा उत्थानको नाममा यस्तो स्वार्थपरक र व्यापारिक गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको भन्दै यस किसिमको अभ्यासले वास्तविक योगदानकर्ताहरूलाई निरुतसाहित गर्नुका साथै भाषा र संस्कृति संरक्षणका नाममा व्यापारिकरण गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्ने खतरा रहेका ठहर छ ।
हामी, मैथिली भाषाप्रेमी र संस्कृतिप्रति प्रतिबद्ध सबै पक्ष, यस्ता गतिविधिहरूप्रति कडा आपत्ति जनाउँदै आयोजकहरूलाई यस्ता क्रियाकलाप तुरुन्त रोक्न आग्रह विज्ञप्ती मार्फत आग्रह गर्दै वास्तविक योगदानकर्ताहरूको सम्मान हुने गरी कार्यक्रमको उद्देश्यलाई सही दिशामा अघि बढाउन सबै पक्षबाट दबाब सिर्जना गर्न सञ्चारसंग सम्वन्धित संस्थाहरुले अनुरोध गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]