विराटनगर, मंसिर १० गते । सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
तालिम कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयका प्रमुख हरि बहादुर खत्रीले भने केही नराम्रा काम गर्ने सहकारीका व्यक्तिका कारण सवै सहकारी बदनाम भएका छन् । तर केही दिनमा त्यस्तो सहकारीहरु आफै समाप्त भएर जान्छ । त्यसैले हामी आ–आफ्नो सहकारीमा सहकारी ऐन र नियमावली अनुसार काम गरे सहकारी सबभन्दार राम्रो व्यवसाय हुने वताए ।


मोरंगका १८ वटा सहकारीबाट ३६ जना सहभागीहरुलाई पहिलो दिन सहकारीको अवसधारण, सिद्धान्त, मुल्य तथा वर्तमान परिदृष्य, संचालक र व्यवस्थापकको एकअर्का बीचको अपेक्षा, संचालक र व्यवस्थापनको भुमिका, व्यवस्थापन प्रतिवेदन निर्माण लगायतका वरेमा प्रशिषण दिएका थिए ।
त्यसैगरी दोस्रो दिन वित्तिय सूचकांकको परिचय, सहभागी संस्थाहरुको वित्तिय सूचकांकको विश्लेशन, सहभागी संस्थाहरुको गैर वित्तिय सूचकांकको विश्लेशन र कार्ययोजना निर्माण लगायतको विषयमा राजकुमार बरालले सहजीकरण गरेका थिए ।


कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयका प्रमुख खत्री र कार्यक्रमका अध्यक्ष राष्ट्रिय सहकारी बैक कोशी प्रदेशका प्रवन्धक प्रभु पोखरेलले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरी कार्यक्रम समापन गरेका थिए । सहकारी ज्ञान तथा मार्गदर्शन श्रृखला–२ अन्तरगर्त कार्यक्रम संचालन गरिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]