विराटनगर, मंसिर ६ गते । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक ‘Envisioning Early Childhood Development (ECD) Ecosystem in Nepal’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन १५ भन्दा बढी देश सहभागी हुने भएकाे छ ।
पूर्वाञ्चल विश्वविद्यालय कला, कानून, शिक्षा शास्त्र संकायकाे डीन प्रा.डा.अनिल कुमार पोखरेल पत्रकार सम्मेलन गरी साे कुरा बताएका हुन ।
मंसिर २१ र २२ गते विराटनगरको बिग होटलमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने जानकारी गराएका हुन ।
नेपालमा पहिलो पटक हुने अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने मुख्य उद्देश्य राखि बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरुको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरुले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको डीन पाेखरेलले वताए ।
बालवालिकाकाे क्षेत्रमा कार्यरत विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुबाट कि नाेट तथा विविध प्रकारका कार्यशालाहरु समेत आयोजना गरिनेछ।
बालबालिकाहरूका सर्वाङ्गिण विकासका अवसरहरूको गुणस्तर र पहुंच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुने छ ।
सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरुबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकाय अन्तर्गत रहने गरी ECD सम्बन्धि अध्ययन, अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रमले बालविकासका क्षेत्रमा नया एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायतका विशेष कार्यक्रमहरुको पहिचान गर्न र सो अनुरुप कार्यक्रमहरु थप गर्न सघाउ पुग्ने विश्वास विश्वविद्यालयले लिएको छ ।
सम्मेलन आयोजनाका लागि काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन लगायतका संस्थाहरुको सहयोग रहेको छ ।
सम्मेलन कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा मंसिर २१ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
साे सम्मेलनमा करीब २ सय जनाकाे सहभागिता रहनुका साथै करीब ३० लाख खर्च लाग्ने डीन पाेखरेलले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]