विराटनगर, कार्तिक २९ गते । कोशी प्रदेशको मोरंग जिल्ला क्षेत्र नं. ४ को ग्रामथान गाउँपालिकामा अध्यक्ष पदको लागि हुने उप निर्वाचनमा राष्ट्र प्रजातन्त्र पार्टीले अध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालय मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी राप्रपा मोरंग जिल्ला सभापति गोपाल कटुवालले अध्यक्ष पदको उम्मेदवारमा ग्रामथान गाउँपालिका यूवा कमिटीका अध्यक्ष दिनेश कुमार थान्दार (दिवेश) लाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री प्रहलाद साहले भने ग्रामथान गाउँपालिकामा अन्य पार्टीको उम्मेदवारहरु टेष्ट भई सकेका छन् । त्यसैले हामी इमानदार यूवा उम्मेदवार बनाएका छौ र हाम्रो संगठन ७ वटै वडामा भएकाले जित सुनिश्चित भएको वताए ।
ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ मा निधन भएको निधन भएको थियो । सोही अध्यक्ष पदको लागि मंसिर १६ गते उप निर्वाचन हुँदैछ । ग्रामथान गाउँपालिकामा कुल मतदाता २६ हजार ४४ रहेको छ । । देशभर ४४ पदका लागि उप निर्वाचन भई रहेको छ ।
यस अघि नै अध्यक्षको उम्मेदबारमा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार र नेकपा माओवादीबाट नमोनारायण माझीको उम्मेदवारी घोषणा भई सकेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]