कपिलवस्तु, कार्तिक २५ गते कपिलवस्तु जिल्लाको कृष्णनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठन गठन भएको छ ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, लुम्बिनी प्रदेश सदस्य दीपक रजौरीया तथा यूवा संगठनका केन्द्रीय संयोजकको आथित्यमा राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठनको जिल्ला अधिवेशनल नयाँ संगठन गठन गरेको हो ।
उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सम्पन्न जिल्ला अधिवेशनबाट सुनिल मोदनवालको संयोजकत्वमा १७ सदस्य जिल्ला कार्य समिति गठन भएको जानकारी राप्रपा जिल्ला सचिव प्रेम शंकर शुक्लले दिए ।
त्यसैगरी उपाध्यक्षमा कृष्ण पुन, इतिहाद अहमद, सचिवमा राहुल मोदनवाल, सह सचिवमा खेमराज पौडेल, कोषाध्यक्षमा अभिषेक भुषाल, लगायत रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]