विराटनगर, भाद्र २० गते । कारोना पोजिटिभ भएका सुनसरी दुहवीको पत्रकार चन्दन रौनियरले ११ दिनको आइसोलेशन पश्चिात कोरानालाई पराजीत गर्दै अगामी दिनमान थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको बताएको छ ।
सुनसरीको दुहवीवाट कोरोना संम्वन्धी समाचार अग्रपंतिमा रही समाचार संकलनकै क्रममा स्वास्थ्य अवस्था केही असमान्य लागेपछि कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि प्रदेश नं. १ मोरंगको सुनदर हरैचा स्थित प्रदेश सरकारले बनाएको आइसोलेशनमा ११ दिनका बसाई पछि हिजो कोरोनालाई परास्त गरी घर फर्केको छ ।
कोरोनालाई जितेर घर फर्केपछि समाजले विभेद नगरी सम्मान गरेको भनाई पत्रकार चन्दन रौनियारको छ । समाजमा कसैलाई कोरोना संक्रमण हुँदा समाजको हेर्ने दृष्टिकोण फरक हुन्छ भनेर सुनेको थिए तर त्यस्तो हुँदैन मैले त समाजवाट सम्मान नै पाए ।
आईसोलेशनमा बसेको ११ दिन पनि सोही स्थानवाट रिपोटिङ्ग गरि रहेका थिए । साथी भाई संग नाचगान, योगा, नियमित खानपिन गरी निडर भएर दृढ इच्छा शक्ति भए कोरोनालाई पराजित गर्न सजिलो छ रौनियारको भनाई छ ।
कोरोना संक्रमण पुष्टी भएमामा आत्तिनु हुँदैन, दृढ इच्छा शक्ति, उच्च मनोबल र स्वास्थ्य कर्मीहरुले दिएका निर्देशन पालन गरेमा कोरोना अनिवार्य प्रास्त हुन्छ । रौनियार १४ दिन होम आइसोलेशनमा बसी १५ औ दिनमा नियमित काममा फर्किने वताए ।
साथै रौनियारले भने म सङ्क्रमित भएदेखि नै मरो स्वास्थ्य अवस्थाको बिषयमा चासो र चिन्ता लिएर मेरो हौसला बढाउन लागि प्रदेश सरकारका माननिय मन्त्री तथा सासंद ज्यूहरु, नागरिक समाजका अगुवा, नेपाल पत्रकार महासंघ, प्रदेश तथा जिल्ला शाखाका सम्पूर्ण पदाधिकारी एवं अग्रजरसहकर्मी पत्रकार साथीहरु, जनप्रतिनिधिहरु, अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरु र समाजिक संजाल फेशबुक, इमो, वाटसप, टिकटक, भाइबरको सुभचिन्तकहरु, दुहबी वडा ६ का अध्यक्ष सहितको सदस्य ज्युहरु, बिभिन्न संघठनका अध्यक्ष पधिकारीहरु,आफ्नतजनहरु सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।
कोरोनाबाट कोही पनि नडराऔं, नअत्तालिऔं, सुरतक्षित र सर्तक बन्ने कोशिस गरौं वहांको भनाई छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]