विराटनगर, कार्तिक १० गते । नेपाल बढई कल्याण समाज केन्द्रीय कार्यालय विराटनगरले महान चाडपर्व दशै, तिहार र छठ पर्वको शुभ अवसरमा शुभ कामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त शुभकामना कार्यक्रममा बढई समाजका अगुवाहरु नेपाल बढई समाजका पूर्व अध्यक्ष बैजनाथ शर्मा, समाजका संस्थापक महेन्द्र शर्मा, श्याम सन्दर सुतिहार, त्रिपित शर्मा, दिलीप शर्मा, देव नारायण शर्मा, रामलोचन सुतिहार र भारत विहारका राजेश कुमार शर्मा लगायतले दशै, तिहार र छठको शुभकामना दिदै नेपाल बढई कल्याण समाजलाई अगाडी बढाउन सल्लाह सुझाव दिनुका साथै कोशी प्रदेश भरी छरिएर रहेका बढई जातिहरुलाई एक ढिक्का भएर अगाडी बढ्नु पर्ने धारणा राखेका थिए ।


उक्त शुभकामना आदान–प्रदान कार्यक्रम नेपाल बढई कल्याण समाजका सचिव संन्दिप शर्मा (संजु) र कोषध्यक्ष शंकर शर्माको समान्वयमा भएको थियो । सो कार्यक्रम नेपाल बढई कल्याण समाजका केन्द्रीय अध्यक्ष बासुदेव ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]