चितवन, भाद्र १९ गते । चितवनमा थप १७ र रौतहटमा १ जना गरी जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरू २३ देखि ८० वर्षसम्मका छन् ।
भरतपुर महानगरपालिका भित्रका ६ महिला र ८ पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
खैरहनी नगरपालिकाका २ महिला र १ पुरुष छन् । उनीहरू क्वारेन्टिनमा छन् ।
भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट स्वाब लिइएका रौतहटका ३३ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
३०९ जनाको स्वबको नमुना परीक्षण गर्दा २ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]