विराटनगर, असोज ३० गते । एक लाख धनराशीको दशौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रदेश अनुसन्धान समूहमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई प्रदान गरिएको छ ।
बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका प्रोफेसर डाक्टर बिक्रम प्रसाद श्रेष्ठको ममतामयी स्वर्गीय आमा साधना देवी श्रेष्ठको नामबाट दिईने “साधाना देवी उत्कृष्ट प्रहरी पुरस्कार” कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई प्रदान गर्नु भएको हो ।
कोशी प्रदेश अन्तरगत बर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट भएका थापा मगरलाई ६९ औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको छ ।
आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले वहाँहरुलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुने प्रहरी वरिष्ठ नायव निरीक्षकले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरेकोमा संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]