राजेश कुमार राजवंशी
विराटनगर, असोज २३ गते । बिराट राजवंशी समाज उत्थान समिती र बिराट शिक्षक तथा कर्मचारी समिती बिराटनगर मोरङले वडा दशै, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा  शुभकामना आदानप्रदान गरेको छ।
कटहरी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा बिराट शिक्षक तथा कर्मचारी समितीले एक शुभकामना आदानप्रदान गरेको हो।
कार्यक्रमको प्रमुख अथिती बिराट राजवंशी समाज उत्थान समिती केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले वडा दशै, दिपावली र छठ पर्वको शुभकामना ब्यक्त गर्नु हुँदै भने बिराट राजवंशी समाजलाई अगाडी बढाउन कुनै कसर नछोड्ने बताए ।
समितिका उपाध्यक्ष प्रदिप विस्वास राजवंशी, केन्द्रिय सचिव बानेश्वर राजवंशी सदस्य सत्यनारायण राजवंशी लगायत वक्ताहरुले दशै, दिपावली र छठ पर्वको शुभकामना मन्तव्य राखेका थिए ।


त्यसैगरी विशिष्ट अथिती कटहरि-१ का वडा अध्यक्ष हरिनारायण राजवंशीले सत्य माथि बिजय असत्यको हार भएको हुनाले हामी शुभ मानेर शुभकामना दिने चलन रहेको बताए ।
राजवंशी समाज उत्थान समिति मोरङ उपाध्यक्ष देवराज राजवंशीले भने बिराट राजवंशीमा अहिले पनि शिक्षा र जनचेतनाको कमि रहेकोले यसलाई सुधार गर्दै जानु पर्नेमा जोड दिएका थिए ।
बिराट शिक्षक तथा कर्मचारी समिती मोरङका अध्यक्ष चन्देश्वर प्रसाद राजवंशीको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम भएकाे थियाे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]